
काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्षमा सुधिर पराजुली निर्विरोध चयन भएका छन् । इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठनका रुपमा रहेको संघको आगामी दुईवर्षे कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
सङ्घका उपाध्यक्षमा क्लासिक टेकका प्रमेश खरेल, महासचिवमा एरो नेटका नवीन श्रेष्ठ, सचिवमा टेकमाइन्ड्सका कमल बाँस्तोला र कोषाध्यक्षमा इस्ट लिंकका पुष्कर बडाल चयन भएका छन् ।
सङ्घका वरिष्ठ सल्लाहकारमा वल्र्डलिंकका विजय जलान, भायनेटका विनय बोहरा, सुविसुका विनयमोहन साउद तथा सदस्यमा ब्रोडलिंकका विनोद तिमिल्सेना र वेबसर्फरका सुरेन क्षेत्री चयन भएका संघले जनाएको छ ।
बुधबार भर्जुअल बैठक गरी ९ जनाको नयाँ कार्यसमिति चयन गरिएको थियो । उक्त बैठकमा सङ्घका निवर्तमान अध्यक्ष एवम् नेटम्याक्सका अध्यक्ष भोजराज भट्टले नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरेका थिए ।
कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...