
काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन प्रशारण हुने भएको छ ।
करिब रु ५ करोडको लागतमा सञ्चालनमा ल्याउन लागिएको सो टेलिभिजनको सञ्चालनका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सूचना तथा प्रशारण विभागवाट अनुमति समेत प्राप्त भइसकेको बताइएको छ ।
श्री सर्वोत्कृष्ट मिडिया प्रालिद्वारा नेशनल गोल्ड स्याटेलाइट टेलिभिजन सञ्चालनमा ल्याउने तयारी भएको सो प्रालिले जनाएको छ । टेलिभिजनका प्रबन्ध निर्देशक उज्वल चौलागाईँले तिहारसम्म २४ घन्टा प्रशारण हुनेगरी तयारी भएको जानकारी दिए ।
अत्याधुनिक उपकरणको प्रयोग गरि सञ्चालन हुने सो टेलिभिजनको काठमाडौँ र हेटौडामा स्टुडियो स्थापना गरी सञ्चालन गरिने बताए । विशेष समाचारमूलकलाई जोड दिइने बताइएको छ ।
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेशमन्त्री आदमले...