रेडियोको वार्षिकोत्सवमा मानव सेवाघरलाई सहयोग – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

रेडियोको वार्षिकोत्सवमा मानव सेवाघरलाई सहयोग

बनेपा–रेडियो एबिसीले आफ्नो वार्षिकोत्सवका अवसरमा धुलिखेलस्थित मानवकल्याण समाज सेवाघरलाई सहयोग गरेको छ । रेडियो एबिसी एफएम ८९.८ मेगाहर्जको १४औँ वार्षिकोत्सवका अवसरमा सेवाघरलाई खाद्य सामग्री हस्तान्तरण गरिएको हो ।

सेवाघरलाई खाद्य सामग्रीसँगै प्रेसरकुकर, पानी तताउने इलेक्ट्रिक जगसमेत वितरण गरिएको रेडियोका स्टेशन म्यानेजर रमेश न्यौपानेले बताए । संस्थाका अध्यक्ष सुमित्रा चौलागाईँले अपाङ्गता भएका, असहाय, मनोरोगी र ज्येष्ठ नागरिकको सेवा गर्न पाउँदा मनभित्रैबाट आनन्द भएको बताए ।

सेवाघरले भक्तपुर र काभ्रेपलाञ्चोकमा गरी २०० जनाको उद्धार गरी ७५ जनालाई परिवारमा बुझाएको र २१ जनाको मृत्यु भएको जनाइएको छ । हाल सेवाघर धुलिखेलमा ज्येष्ठ नागरिकसहित १४ जना छन् ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ कार्तिक २०, १७: ३१

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ कार्तिक २०, १७: ३१

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०७७ कार्तिक २०, १७: ३१

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...