सङ्खुवासभामा फुसको छानो हट्दै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सङ्खुवासभामा फुसको छानो हट्दै

किमाथाङ्का–सङ्खुवासभाका १० वटै स्थानीय तहका एक हजार ९८० घरधुरीका फुसको छाना हट्ने भएको छन् ।

शहरी विकास मन्त्रालयले गरीब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत जिल्लाका स्थानीय तहमा फुसको छानो हटाउन थालेको सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले जनाएको छ ।

सरकारले नागरिकका घरको फुसको छानो भएकाहरूलाई जस्तापाता लगाउन अनुदान उपलब्ध गराउने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमले घरमा फुसको छानोमुनि बस्न बाध्य गरीब तथा विपन्न समुदायको अवस्थाको चाँडै अन्त्य हुने सुरक्षित नागरिक आवास समन्वय समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले जानकारी दिए ।

फुसको छानो भएकै कारण हरेक वर्ष आगलागीको विपत्ति निम्तिने गरेको स्मरण गराउँदै सरकारले फुसको छानो विस्थापन गरी जस्तापाता लगाउन यस्तो अनुदान कार्यक्रम ल्याएको सांसद गौतमले जानकारी दिए । सांसद गौतमले भन्नुभयो, “सङ्खुवासभाका १० वटै स्थानीय तहका फुसको छानो नहटेसम्म सुरक्षित नागरिक आवास कार्यक्रम चलिरहने छ ।”

खाँदबारीका ३४०, चैनपुरका ३६०, धर्मदेवीका १८६, पाँचखपनका २४३ र मादीका १६५ घरधुरीले जस्तापाताका लागि रकम पाउनेछन् ।

त्यसैगरी चिचिलाका १२९, भोटखोलाका ६१, मकालुका १४४, सभापोखरीका १६३ र सिलिचोङका १७९ घरधुरीले ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत अनुदान पाउने आयोजनाले जनाएको छ । सुरक्षित आवास निर्माणवापत रु ५० हजार उपलब्ध गराइने छ ।

सेवाग्राहीलाई पहिलो किस्तास्वरुप रु ३० हजार उपलब्ध गराइने छ । घर निर्माणका लागि जस्तापाता खरीद गरेको बिल भर्पाइ पेश गरिसकेपछि बाँकी रकम पाँच प्रतिशत व्यवस्थापन खर्च कटाएर उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिले तोकेबमोजिमका सम्भावित लाभग्राही प्रत्येक वडास्तरबाट लाभग्राहीको तथ्याङ्क सङ्कलन भइरहेको सुरक्षित नागरिक आवास समन्वय समितिका सदस्य जिल्ला समन्वय समिति अध्यक्ष सुमन शाक्यले बताए ।

सरकारले देशभरका २० हजार घरधुरीलाई सुरक्षित आवासका लागि करीब रु एक अर्ब बराबरको बजेट वितरण गर्न लागिरहेको छ । उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउन सम्बन्धित स्थानीय तहमा मन्त्रालयले फाराम पठाएको छ ।

मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्न आफूहरू कटिबद्ध रहेको सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका आयोजना प्रमुख एकराज अधिकारीले बताए ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ कार्तिक २०, १७: ३६

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ कार्तिक २०, १७: ३६

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ कार्तिक २०, १७: ३६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...