देवताप्रति आस्थाका कारण गाउँनै मदिरा शून्य – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

देवताप्रति आस्थाका कारण गाउँनै मदिरा शून्य

काठमाडौं–देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो ।

सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन तथा बिक्री वितरण नै बन्द भएको छ । मदिरा शून्य भएपछि गाउँबस्ती पनि शान्त भएको छ ।

तेत्तीस घरधुरी भएको सो बस्तीमा कोही कसैले मदिरा उत्पादन तथा सेवन नगर्न देवताले नै आग्रह गरेपछि यस्तो भएको बताइएको छ ।

पहिलेदेखि मान्दै आएका कुल देवताहरुले मदिरा सेवन तथा बेचविखन गर्दा राम्रो नहुने भनेपछि पछिल्लो दुई जर्षदेखि मदिरा बन्द भएको पुजारी रामबहादुर बोहोराले जानाकारी बताउनुभयो ।

“पहिले मदिरा सेवन गर्ने, होहल्ला गर्ने, घरमा दिनहुँ झैझगडा हुने, र विभिन्न घरेलु हिंसा हुन्थ्यो तर देवताले नै सबै रोक्न लगाएपछि अहिले सबै शान्त भएको छ”, वडा सदस्य मुनलाल बुढाले भबताए ।

सबै क्षत्रीको मात्र बसोबास रहेको यो बस्तीमा पहिले मदिरा सेवन गर्नेहरुलाई पनि अहिले देवता प्रकट भएपछि एक किसिमको सकारात्मक सन्देश बाहिर गएको स्थानीय बासिन्दाहरुले बताउने गरेका छन् ।

धर्म संस्कृति बचाउन पुर्खादेखि पूजाआजा गर्दै आएका स्थानीयहरुले यो गाउँलाई मदिराको हिसाबले जिल्लाकै नमूना गाउँ बनाएका छन् ।

देवताहरुले गाउँमा अन्नबाली छर्दा, भित्र्याउँदा तथा अन्य शुभ कार्यका लागि संस्कार निर्माण गरेको स्थानीयवासीको भनाइ छ ।

सम्बन्धित समाचार

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ कार्तिक २१, १०: ५५

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...

असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
  • २०७७ कार्तिक २१, १०: ५५

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार...

भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ताको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ
भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ताको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ
  • २०७७ कार्तिक २१, १०: ५५

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धार कार्यलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने...