विमानस्थल निर्माणका लागि बजेट जुटाइँदै – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

विमानस्थल निर्माणका लागि बजेट जुटाइँदै

कञ्चनपुर–कञ्चनपुरको मझगाउँ विमानस्थलका पूर्वाधार निर्माण शुरु गर्न बजेट जुटाउने कार्यलाई अगाडि बढाइएको छ । नागरिक उड्डयन प्राधिकरण आगामी फागुनदेखि विमानस्थलको पूर्वाधार निर्माणका लागि बजेट जुटाउने कार्यमा लागेको छ ।

विमानस्थल सञ्चालनमा ल्याउन कञ्चनपुरका प्रदेशसभा सदस्यहरूले प्राधिकरण टोलीसहित मुख्यमन्त्रीसित छलफल गरेका छन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनारले प्रदेश सरकारले विमानस्थल सञ्चालनका लागि चाहिने बजेटको २०–२५ प्रतिशतसम्म दिने गरी छलफल भएको बताए ।

“मुख्यमन्त्रीसँग प्राधिकरणको टोलीसहित राखेर छलफल गरिएको छ, मुख्यमन्त्री अत्यन्त सकारात्मक हुनुहुन्छ, २० देखि २५ प्रतिशतसम्म प्रदेश सरकारबाट बजेट आउँछ”, “केही दिनमै यसबारे निर्णय हुन्छ ।”

नागरिक उड्डन प्राधिकरणको टोलीले गत महिना विमानस्थलको स्थलगत निरीक्षण गरेपछि तीनै तहका सरकारका जनप्रतिनिधिले बजेट जुटाउने सामूहिक प्रतिबद्धता गरेका थिए ।

सोहीअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकार विमानस्थल सञ्चालनका लागि बजेट जुटाउन लागि परेका हुन् । “जसरी पनि विमानस्थल सञ्चालन गर्ने गरी अघि बढेका छौँ, त्यसका लागि चाहिने बजेट, जग्गा सबैको व्यवस्था गरी अघि बढिरहेका छौँ”, प्रदेशसभा सदस्य सुनारले बताए ।

भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाले यसअघि नै विमानस्थल सञ्चालनका लागि बजेट दिने निर्णय गरिसकेका छन ।

विमानस्थल सञ्चालनको कुल लागतको भीमदत्तले १५ र महाकालीले १० प्रतिशत खर्च व्यहोर्ने निर्णय गरेका छन् । दुई स्थानीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारसहितको बजेट ५० प्रतिशत पुग्ने देखिएको छ ।

प्राधिकरणको टोलीले फागुनदेखि रनवे पिच, टावर निर्माणलगायत पूर्वाधार निर्माण अघि बढाउन लागेको हो । त्यसका लागि छलफल गर्न प्राधिकरणको टोेली गत महिना मझगाउँ आएको थियो । विमानस्थलको एक हजार ५२५ मिटर रनवे कालोपत्रेको लागत अनुमानसमेत तयार गरिएको छ ।

मझगाउँस्थित बन्द विमानस्थलमा तीन तहका जनप्रतिनिधिसित प्राधिकरणले बजेट जुटाउन सहयोगका लागि आग्रह गरेको थियो । प्राधिकरणले फागुनमा रु ३४ करोडमा पूर्वाधार निर्माण अघि बढाउन ठेक्का प्रक्रियामा जाने गरी तयारी गरिएको जानकारी दिएको थियो ।

त्यसका लागि तत्काल बजेट अपुग भएकाले तीनै तहका सरकारको सहयोग चाहिने प्राधिकरणको भनाइ थियो । गत वर्ष प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल सञ्चालनको सम्भाव्यता अध्ययनसमेत गरेको थियो ।

विसं २०५४ मा मझगाउँस्थित विमानस्थल बन्द भएपछि पहिलो पटक स्थानीयस्तरमा पनि दवाब दिन सङ्घर्ष समिति गठन गरिएको थियो । पूर्व वन अधिकृत रमेश चन्द नेतृत्वको समितिले काठमाडौँ गएर सरकारलाई दवाब दिएको थियो ।
–––

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ कार्तिक २१, ११: ०७

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ कार्तिक २१, ११: ०७

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ कार्तिक २१, ११: ०७

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...