तीन वटा स्थानीय तह बन्द – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

तीन वटा स्थानीय तह बन्द

म्याग्दी–जनप्रतिनिधि, राजनीतिकर्मी, व्यवसायी र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि म्याग्दीका तीनवटा गाउँपालिका बन्द भएका छन् । मङ्गला र मालिका गाउँपालिका तथा बेनी नगरपालिका, वडा कार्यालय, बजारसहित बैंक, वित्तीय र सहकारी संस्था बन्द भएका हुन् ।

धेरै जनसम्पर्क हुने व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्दाबन्दी भएको हो । मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले सरोकारवालाको सुझावका आधारमा कोरोना फैलिन नदिन बिहीबार रातिदेखि मङ्सिर १ गते राति १२ बजेसम्म बन्दाबन्दी गरिएको बताए ।

छिमेकी बेनी नगरपालिका र मालिका गाउँपालिकाले सेवा तथा बजार बन्द गरेपछि मङ्गलाको केन्द्र बाबियाचौरका बैंक, वित्तीय र सहकारी संस्थाका साथै कार्यालयमा भीड र आवतजावत बढेको थियो । मङ्गलाका पाँच जना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारसहित कार्यालय र भीडभाड हुने ठाउँलाई बिहीबारदेखि एक हप्ताका लागि बन्द गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले अतिआवश्यक र आन्तरिकबाहेकका काम तथा सेवा प्रवाह बन्द गरिएको बताए ।

दरवाङका एक सुरक्षाकर्मीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बेनी नगरपालिका र सदरमुकाम बेनी बजार कात्तिक १४ गतेदेखिनै बन्द भएको छ । सदरमुकाम बेनी बजारसँगै लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाको बजार क्षेत्र बुधबारदेखि एक हप्ताका लागि बन्द भएको छ ।

बैंक वित्तीय र सहकारी संस्था बन्द हुँदा सर्वसाधारणलाई आर्थिक कारोवार गर्न समस्या भएको छ । सार्वजनिक यातायात, ढुवानी र विकास निर्माणका काम भने सञ्चालन भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लोपटक थपिएकासहित म्याग्दीमा कोरोना सङ्क्रमितको सङ्ख्या १०८ जना पुगेको छ । सक्रिय सङ्क्रमित ३५ जना छन् ।

करिब दुई हजार स्वाबको नमूना परीक्षण गरिएको छ । गत हप्ता बेनीका एक वृद्धको कोरोना सङ्क्रमणका कारण काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी असोज तेस्रो साता धौलागिरि गाउँपालिका–७ का एक वृद्धको पनि पोखरामा कोरोनाका कारण ज्यान गएको थियो ।

यसैगरी मालिका गाउँपालिकाले दरबाङमा कोरोना सङ्क्रमितको उपचारका लागि पाँच श्ययाको कोरोना अस्पताल र १५ श्यया क्षमताको प्रिआइसोलेशन कक्ष स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिए ।

“जनप्रिय माविको आधारभूत तहको भवनका छ वटा कोठामा कोरोना अस्पताल र प्रिआइसोलेशन बनाएका हौँ”, “त्यहाँ इन्टरनेट जोडेर वाइफाइको समेत व्यवस्था गरेका छौँ ।” लक्षण नभएका सङ्क्रमितलाई प्रिआइसोलेशन, सामान्य लक्षण भएकालाई कोरोना अस्पताल र जटिल समस्या देखिए बेनी र पोखराको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको छ ।

चिकित्सक, स्वास्थ्यकर्मी र सङ्क्रमितको आवासका लागि फरक कोठा बनाइएको र त्यसलाई घेराबार गरिने उपाध्यक्ष बिटालुले बताए ।

सम्बन्धित समाचार

त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी, चालक घाइते
त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी, चालक घाइते
  • २०७७ कार्तिक २१, ११: २४

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि यात्रुवाहक बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। सोमबार दिउँसो करिब साढे...

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • २०७७ कार्तिक २१, ११: २४

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन...

एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
  • २०७७ कार्तिक २१, ११: २४

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...