किबी किसान उत्साहित – Naya Bikalpa
September 14, 2026, Monday      Epaper

किबी किसान उत्साहित

बलेवा–गाउँपालिकाले परीक्षणका लागि दिएका किबीका बिरुवा लटरम्म फलेपछि जिल्लाको ताराखोलाका किसान उत्साहित भएका छन् ।

बिरुवा लगाएको तीन वर्षमै किबीले राम्रो उत्पादन दिएपछि किसान उत्साहित भएका हुन् ।

ताराखोला गाउँपालिका–३ का नीरज बगालेले किबीको खेती थालेको वर्षौँ भयो । गाउँ विकास समिति हुने बेला हिलको अनुदानमा बिरुवा ल्याएर लगाएका बगालेले अहिले वर्षमा ४०० किलोसम्म किबी फलाउछन् ।

पैँतीस वटा बिरुवाले दिने आम्दानीले उनलाई सधैँ उत्साहित बनाउँछ । गाउँकै अगुवा किसान भएकाले उनले लगाएको किबी हेर्न र सिको गर्न आउने धेरै थिए ।

गाउँपालिका गठनपछि आर्थिक वर्ष २०७४÷०७४ को बजेटमा गाउँपालिकाले किबीका बिरुवा किनेर बगालेको जस्तै बगान सबै वडामा बनाउने योजना बनायो ।

परीक्षणका लागि हरेक वडामा १०० वटाका दरले किसानलाई बिरुवा बाँडियो । तीन वर्ष पहिले बाँडिएका बिरुवाले उत्पादन दिएपछि दङ्ग परेको वडा नं ३ को कृषि सञ्जालका अध्यक्षसमेत रहेएका किसान कर्ण भण्डारीले बताए ।

“बगाले सरले धेरै पहिलादेखि बराह खोला र पँधेराखोलामा खेती गर्दै आएका छन्, राम्रो उत्पादन हुन्छ, त्यही देखेर हामीले पनि परीक्षण गर्ने योजना बनायौँ”, “कम लगानीमा राम्रो प्रतिफल पाउने देखियो ।” बगालेले अहिलेसम्म उत्पादन गरेको किबी गाउँमै बिक्री हुन्छ ।

उनको गाउँमा मात्रै झण्डै १५० किसानले धेरथोर किबीका बिरुवा लगाएका छन् । गाउँमा उत्पादित किबी गाउँमै खपत हुने गरेको बताए ।

“अहिलेसम्म बजारको समस्या छैन, प्रतिकिलो रु ३५० मा बेचिरहेको छु”, “बजारको राम्रो प्रबन्ध भए उत्पादन बढाउन सकिन्छ ।” पाँच वडा रहेको गाउँपालिकाका हरेक वडामा यस वर्ष किबी फलेको छ ।

कसैले परीक्षणका लागि मात्रै लगाएको किबीले दिएको उत्पादनले व्यावसायिक उत्पादनतर्फ उत्साहित बनाएको छ भने कसैले व्यावसायिकरुपमै उत्पादन थालेका छन् ।

“बराखोला, धाराखोला क्षेत्रलाई किबी पकेट बनाउने योजना छ”, भण्डारीले बताए, “परम्परागत उत्पादनभन्दा हाम्रो माटोमा किबीले फाइदा हुन्छ ।”

खाद्यान्न बाली उत्पादनभन्दा किबी उत्पादनबाट राम्रो आम्दानी हुने देखेपछि धान, मकै, गहुँ, आलुलगायतका खाद्यान्न तथा दलहन उत्पादनभन्दा किबीमा जोड दिने योजना रहेको बताए । विश्व बजारमा किबीको माग अत्यधिक भएकाले ताराखोलाका किसानको आकर्षण बढ्दै गएको बताए ।

किबीको एउटा बोटबाट १०० केजीभन्दा बढी उत्पादन हुने र बजारमा प्रतिकेजी रु ४०० देखि ५०० सम्ममा बिक्री हुने गरेको छ । गाउँमा भने मूल्य केही कम छ । किसानको आकर्षणलाई हेरेर गाउँपालिकाले किबी प्रवद्र्धनको योजना बनाउने अध्यक्ष प्रकाश घर्ती बताउछन् ।

अन्य अन्नबालीको तुलनामा आम्दानी बढी हुने र बजारीकरणका लागि पनि सजिलो हुने भएपछि किबी खेतीतर्फ आकर्षित बनेको कृषक बताउँछन् । किबी फल्नका लागि झाँगिने भएकाले किसानलाई थाँक्राको भने समस्या हुने गरेको छ ।

“बिरुवा वर्षौँ रहन्छ तर थाँक्रा कुहिन्छ”, किसान बगाले भन्नुहुन्छ, “मल पानीको त्यति धेरै समस्या छैन, बजारको ‘ग्यारेन्टी’ भए अरु बाली छोडेर उत्पादनमा लाग्न सकिन्छ ।” उच्च पहाडी भूभाग, ओसिलो जमिनमा राम्रो फल्ने भएकाले ताराखोलामा किबीको राम्रो सम्भावना रहेको वडा नं ३ का अध्यक्ष दिलबहादुर बस्नेतले बताए । रासस

सम्बन्धित समाचार

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ कार्तिक २१, ११: ३०

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...

सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
  • २०७७ कार्तिक २१, ११: ३०

काठमाडौं : महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव...

सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
  • २०७७ कार्तिक २१, ११: ३०

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज...