नवलपरासीमा जुवातास खेल्ने पक्राउ – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

नवलपरासीमा जुवातास खेल्ने पक्राउ

नवलपरासी–प्रहरीले जुवातास खेल्ने सात जनालाई सोमबार साँझ पक्राउ गरेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मध्यविन्दु–२ शेरीस्थित नारायणजङ्घ कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले मध्यविन्दु–७ का ३० वर्षीय भवानीशङ्कर थनेत, ३१ वर्षीय कृष्ण कुमाल, मध्यविन्दु–१ का ४३ वर्षीय खोरबहादुर चौधरी, मध्यविन्दु–२ का ३७ वर्षीय सुनबहादुर आलेमगर, ५३ वर्षीय हेमलाल थनेत, ३३ वर्षीय उदय उप्रेती र ४५ वर्षीय पदम रानालाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी विशाल तामाङले जानकारी दिए ।

उनीहरूको साथबाट रु ४२ हजार १७०, विदेशी मुद्रा २६० दिराम र तीन बुक ताससमेत बरामद गरेको तामाङले बताए । उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको छ ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ कार्तिक २५, १०: ४३

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ कार्तिक २५, १०: ४३

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ कार्तिक २५, १०: ४३

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...