बैतडीको मेलौली–पञ्चेश्वर खण्ड निर्माण हुँदै – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

बैतडीको मेलौली–पञ्चेश्वर खण्ड निर्माण हुँदै

बैतडी–बैतडीको पाटन पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु गरिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त बजेटमा सडक स्तरोन्नति कार्य शुरु भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए ।

मेलौलीदेखि पञ्चेश्वरसम्मको २५ किलोमिटर सडक कालोपत्रेका लागि कन्काई–कुमार केएस जेभीसँग रु ४१ करोडमा ठेक्का सम्झौता गरेर सडक स्तरोन्नति कार्य शुरु गरिएको हो । वि.सं २०८० असार २० गतेसम्म कालोपत्रे गरिसक्ने लक्ष्यसहित सडक स्तरोन्नतिको काम शुरु भएको कार्यालय प्रमुख जोशीले बताए ।


तल्लोसोराड जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको पाटन–पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्डमा कालोपत्रेको काम शुरु भएपछि स्थानीयवासी खुसी भएका छन् । लामो समयपछि तल्लोसोराड क्षेत्रमा सडक स्तरोन्नतिको काम शुरु भएपछि खुसी भएको स्थानीय केशवसिंह भाटले बताए । “तल्लोसोराड क्षेत्रमा सडक कालोपत्रे गर्ने कार्य धमाधम शुरु भएको छ । यसले हामीलाई धेरै खुसी लागेको छ ।”

पाटन–पञ्चेश्वर सडकको पाटनदेखि मेलौलीसम्म कालोपत्रे गर्ने कार्य तीन वर्ष अघिदेखि नै जारी छ । अहिले सलेनासम्म सो खण्डको कालोपत्रे गर्ने कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जोशीले जानकारी दिए । दिवा चन्द्रा एण्ड वसन्ता जेभीले सो खण्डमा कालोपत्रे गरिरहेको छ ।

सङ्घीय सरकार मातहत रहेको सो सडक सङ्घीय संरचनापछि प्रदेश सरकार मातहत रहेको छ । कोरोना भाइरसका कारण सडक कालोपत्रे गर्न केही ढिलाइ भए पनि निर्माण कार्य भइरहेको जोशीले बताए ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ कार्तिक २७, ११: २३

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ कार्तिक २७, ११: २३

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार
त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार
  • २०७७ कार्तिक २७, ११: २३

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र...