बैतडीमा प्रहरीद्वारा अवैध सामान सहित पक्राउ – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

बैतडीमा प्रहरीद्वारा अवैध सामान सहित पक्राउ

बैतडी–बैतडी प्रहरीले भारतबाट भित्र्याइएको रु १३ लाखको अवैध सामान बरामद गरेको छ । बन्दाबन्दीको अवधि तथा सीमा नाका बन्द रहेको अवस्थामा हालसम्म अवैधरूपमा भित्रिएको सामान बरामद गरिएको हो ।

सीमा नाका बन्द रहेका बेला महाकाली नदीमा ट्युबको सहायतामा भन्सार छली गरी नेपाल भित्र्याइएको १३ लाखको सामान बरामद गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

“सीमा नाका बन्द रहेको अवस्थामा प्रहरीले सीमा क्षेत्रमा एम्बुस र नियमित गस्तीका क्रममा उक्त परिमाणमा भारतीय सामान बरामद गरेका हौँ, गएको चैतयता हालसम्म तस्कर गरिरहेका अवस्थामा विभिन्न समयमा गरेर सात पटक प्रहरीले सामान बरामद गरेको छ ।”

बरामद गरिएको सामग्रीमा बढीजसो भारतीय बिँडी, चप्पल, कपडा रहेका जनाइएको छ । प्रहरीले सामानका साथै नौ जना र एक गाडीसमेत नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका व्यक्ति, जीप र बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय झुलाघाट र गड्डाचौकीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

नाका बन्द रहेका बेला तस्करी अझै पनि हुनसक्ने भन्दै प्रहरीले सीमा क्षेत्रमा प्रहरीको गस्ती बढाएको छ । भारतबाट अझै पनि अवैध सामान भित्रिरहेको भन्ने सूचना प्राप्त भइरहेकाले सीमा क्षेत्रमा गस्ती थपेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । “नाका बन्द रहेको बेला महाकालीमा ट्युबमार्फत बढीजसो सामान आउने गरेकाले उक्त क्षेत्रमा कडाइ गरेका छौँ ।”

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ कार्तिक २७, ११: ४०

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ कार्तिक २७, ११: ४०

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ कार्तिक २७, ११: ४०

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...