कर्णालीमा सेवाग्राहीलाई समान सेवा दिन ‘टोकन प्रणाली’ – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

कर्णालीमा सेवाग्राहीलाई समान सेवा दिन ‘टोकन प्रणाली’

कर्णाली–जिल्ला प्रशासन कार्यालय जुम्लाले शुरु गरेको नागरिकता वितरणमा ‘टोकन प्रणाली’ पछिल्लो समय निकै प्रभाकारी बन्दै गएको छ । सेवाग्राहीको भिड कम गर्न र पालैपालो काम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय जुम्लाले दुई महिनाअघि शुरु गरेको ‘टोकन प्रणाली’ को प्रभावकारिता बढ्न थालेको हो ।

सबै सेवाग्राहीको अधिकार समान भएकोले सरकारी काममा जो पहिला आउँछ सोहीअनुसार अनिवार्य सेवा प्रवाह गर्न ‘टोकन प्रणाली’ कार्यान्वयनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । “सेवाग्राहीहरूले सम्पूर्ण प्रमाणहरू जुटाएपछि नागरिकता फाँटले एउटा टोकन दिन्छ ।

त्यो टोकनको आधारमा जो कोही पनि सेवाग्राहीले पालो कुरेर सेवा लिने गर्दा यो प्रणाली प्रभावकारी बनेको छ”, प्रजिअ थापाले भने, “यसले भिड कम र काममा पारदर्शिता ल्याएको छ ।” कोरोनाबाट बच्न, बचाउन, ठेलमठेल हुन नदिन, पहुँचवालाहरू र नागरिकता बनाउनै पनि लाइन उछिन्ने प्रवृतिसमेत निरुत्साहित भएको बताए ।

सेवाग्राहीलाई समान सेवाको अनुभूति गराउन यो पद्धति शुरु गरिएको भन्दै प्रजिअ थापाले यो कामले कार्यालय र सेवाग्राही दुवैलाई सजिलो भएको र जनस्तरमा पनि सकारात्मक प्रभाव परेको बताए । “अहिले टोकन विधि प्रभावकारी बन्न थालेको छ । टोकन हातमा परेपछि सेवाग्रहीहरू ढुक्क हुन्छन् ।”

जिल्ला प्रशासन कार्यालय जुम्लामा नागरिकताका लागि आएका स्थानीय परिमल रावतले पहिलेभन्दा अहिले नागरिकता लिन सजिलो भएको प्रतिक्रिया दिए । टोकन प्रणालीले पहुँचवाला जतिकै आवाजविहीनहरूलाई बढी सहयोग पुर्याएको छ ।

सम्बन्धित समाचार

आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ कार्तिक २७, ११: ४८

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७७ कार्तिक २७, ११: ४८

काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी...

आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको पूजा–आराधना गरिँदै
आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको पूजा–आराधना गरिँदै
  • २०७७ कार्तिक २७, ११: ४८

काठमाडौं । आज हरिपरिवर्तिनी एकादशी । भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी, वामन एकादशी वा जयन्ती एकादशीका रूपमा मनाउने...