स्याङ्जामा मृगका कारण कोदो थन्क्याउन मुस्किल – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

स्याङ्जामा मृगका कारण कोदो थन्क्याउन मुस्किल

गण्डकी–स्याङ्जाको पुतलीबजार नगरपालिका–२ भैँसेगौँडामा यतिखेर कोदो पाक्न लागेको छ । कोदो पाक्नै लागे पनि जङ्गलबाट आउने मृगका कारण किसान समस्यामा परेका छन् ।

बर्सातको समयमा दुम्सी र बाँदरबाट मकै जोगाउन हम्मेहम्मे भएका किसानलाई अहिले भने समूहमा आउने मृगले कोदो खाइदिएर पीडा थपेको स्थानीय मोहनप्रसाद गुरुङले जानकारी दिए ।

पाक्नै लागेको कोदो मृगले खान थालेपछि कतिखेर मृग आउलान् भनेर बारीमा कुर्नु यतिखेर सर्वसाधारणको दैनिकीजस्तै बनेको उहाँले बताए । बर्सातको समयमा मकै खाएर सताउन थालेपछि बाँदर तथा दुम्सी तर्साउनका लागि नगरपालिकाले प्रत्येक टोलमा एक एकवटा तर्साउने उपकरण पनि प्रदान गरेको छ ।

पछिल्ला वर्षमा गाउँ बस्तीमा खेती गर्ने क्रम घट्दै गएको र बस्ती वरपर नै जङ्गल बढेकाले बाँदर, दुम्सी, मृग आदिको सङ्ख्या बढ्दै गएको छ ।

भैँसेगौँडा विगतमा राम्रो मकै तथा कोदो उत्पादन हुने क्षेत्र हो । तनहुँको दुलेगौडा हुँदै स्याङ्जाको रामबाछा जोड्ने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पर्ने यो ठाउँ पर्यटकीयस्थलसमेत भएकाले उत्पादित कृषिजन्य वस्तु यहीँ नै खपत हुने मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक घरवासका अध्यक्ष बालकुमार गुरुङले बताए ।

“हामीले सहस्राब्दी पदमार्गको विकाससँगै कृषिजन्य उत्पादनमा पनि जोड दिएका छौँ”, “कृषकलाई उत्पादनतर्फ अभिप्रेरित गर्ने लक्ष्य रहे पनि बाँदर, दुम्सी, मृग आदिको समस्या चुनौतीका रूपमा देखिएको छ ।”

वन्यजन्तुबाट हुने गरेको कृषिजन्य उत्पादनको क्षतिलाई दृष्टिगत गरी सरकारले कृषकमैत्री नीति ल्याउनु आवश्यक भएको बताए ।

सम्बन्धित समाचार

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ कार्तिक २७, १२: १४

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ कार्तिक २७, १२: १४

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...

प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
  • २०७७ कार्तिक २७, १२: १४

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका...