गोरखामा मृतावस्थामा चितुवा फेला – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

गोरखामा मृतावस्थामा चितुवा फेला

गोरखा–जिल्लामा एक वयस्क चितुवा मृतावस्थामा फेला परेको छ । गोरखा नगरपालिका–४, फिनाम, आरुस्वाँरामा मृत पोथी चितुवा फेला परेको हो ।

स्थानीयवासीले चितुवा मृतावस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएको थिए । घटनाको जानकारी पाएलगत्तै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारी मृत चितुवालाई वन कार्यालयमा आज ल्याइएको कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए ।

‘वयस्क पोथी चितुवा कसरी म¥यो भन्ने यकिन नै त भइसकेको छैन, घटनाको प्रकृति हेर्दा दुई वटा चितुवा जुधेर एउटा मरेको हुन सक्ने देखिएको छ ।’ मृत चितवाको शरीरमा चिथोरिएको जस्तो चोट रहेकाले भाले र पोथी चितुवा जुधेको हुन सक्ने अनुमान गरिएको उनले बताए ।

मृत चितुवाको अवस्था हेर्दा दुई दिनअघि मरेको हुन सक्ने कार्यालय प्रमुख श्रेष्ठले बताए । पछिल्लो समय जिल्लाभित्र चितुवा मृतावस्थामा भेटिने क्रम बढेको छ । गत भदौमा पनि आरुघाट गाउँपालिकामा कुकुरले टोकेर एक चितुवा मारिएको थियो ।

सम्बन्धित समाचार

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ कार्तिक २७, १२: ४४

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...

सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
  • २०७७ कार्तिक २७, १२: ४४

काठमाडौं : महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव...

सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
  • २०७७ कार्तिक २७, १२: ४४

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज...