हुम्लाको अदानचुली गाउँपालिकाद्वारा सुधारिएको चुल्हा वितरण – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

हुम्लाको अदानचुली गाउँपालिकाद्वारा सुधारिएको चुल्हा वितरण

सिमकोट–हुम्लाको अदानचुली गाउँपालिकाले २४० वटा सुधारिएका चुल्हा निःशुल्क वितरण गरेको छ । सरकारले अघि सारेको दिगो विकास लक्ष्यअनुसार गाउँपालिकालाई आगामी तीन वर्षभित्रमा धुँवारहित गाउँपालिका घोषणा गर्ने योजनाअनुसार वडा नम्बर १ का सबै घुरधुरीलाई पुग्ने गरेर सुधारिएको फलामे चुल्हो वितरण गरिएको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।

“परम्परागत चुल्होका कारण गाउँका महिलाहरूको स्वास्थ्यमा नराम्रो असर परेको पालिकाले गरेको अध्ययनले देखाएको छ”, अध्यक्ष फडेराले भने, “परम्परागत चुल्होमा खाना पकाउँदा महिलामा पर्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै वडा नम्बर १ कल्खेका तीन गाउँलाई हामीले धुवाँरहित चुल्हो वितरणको काम शुरु गरेका हौँ ।”

गाउँपालिका, खानेपानी, सिँचाइ तथा जलस्रोत कार्यालय हुम्ला र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको संयुक्त पहलमा १ कल्खेका तीन गाउँबाट सुधारिएको चुल्हो वितरणको काम थालनी गरिएको वडा नं १ का वडाध्यक्ष रग्या थापाले जानकारी दिए ।

पालिकाकले हरेक वर्ष विनियोजन गरेको वडाको बजेटलाई विभिन्न निकायसँगको सहकार्यमा सुधारिएका चुल्हो खरिद गर्ने कार्यलाई अघि बढाएको बताए । वडाका सबै घरलाई धुवाँरहित चुल्हो वितरण गरेर निकट भविष्यमै धुवाँरहित वडा घोषणा गर्ने बताए ।

गत आर्थिक वर्ष ०७६÷०७७ को वार्षिक कार्यक्रमबाट रु पाँच लाख र खानेपानी, सिँचाइ तथा जलस्रोत कार्यालयको रु पाँच लाख ५० हजारबाट चुल्हो खरिद गरिएको बताए । अपुग रकम चालु आर्थिक वर्षको कार्यक्रमबाट व्यवस्था गरिने उनले बताए ।

प्रतिचुल्हो खरिदमा रु नौ हजार पर्ने भए पनि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ५० प्रतिशत ( रु चार हजार ५००) अनुदानमा उक्त चुल्हो खरिद गरिएको हो । काठमाडौँमा तयार भएका चुल्हो सुर्खेतबाट बाजुरा हुँदै स्थलमार्गबाट बुधबार अदानचुली पुर्याइएको हो ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ कार्तिक २८, १२: ०६

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ कार्तिक २८, १२: ०६

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ कार्तिक २८, १२: ०६

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...