तीन वर्षीया बालिकाको बलात्कार पछि वीभत्स हत्या गरिएको आशङ्का – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

तीन वर्षीया बालिकाको बलात्कार पछि वीभत्स हत्या गरिएको आशङ्का

बाग्मती–पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाकोे बलात्कारपछि वीभत्स हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

घटनास्थल नजिक उनको कट्टु फेला परेको र शरीरभरि रगत लतपतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर वीभत्स हत्या गरेको हुनसक्नेतर्फ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

उनलाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । हाल प्रवक्ता रानासहितको प्रहरी टोली घटनास्थलमा रहेको छ भने प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई पुरुषलाई पक्राउ गरेको जनाएको छ ।

बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन् । उनलाई स्थानीय खोल्साको किनारमा रक्ताम्य अवस्थामा फेला पारिएको थियो । बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।

सम्बन्धित समाचार

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ मंसिर ४, ११: २६

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...

थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
  • २०७७ मंसिर ४, ११: २६

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बुढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ...

भोटेकोशी बाढी : एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
भोटेकोशी बाढी : एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
  • २०७७ मंसिर ४, ११: २६

काठमाडौं : रसुवास्थित भोटेकोशीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको...