पाँचथरमा पाँच फरार अभियुक्त पक्राउ – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

पाँचथरमा पाँच फरार अभियुक्त पक्राउ

पाँचथर–पाँचथरमा प्रहरीले विभिन्न मुद्दाका पाँच फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार विभिन्न मितिमा अदालतबाट भएका फैसलामा दोषी ठहर भई फरार रहेका उनीहरूलाई पछिल्ला केही दिनमा पक्राउ गरिएको हो ।

प्रहरीले बाल यौन दुराचारको अभियोगमा पाँच वर्ष पाँच महिना १५ दिन कैद सजाय तोकिएका एक अभियुक्तलाई ताप्लेजुङको तेल्लोकबाट पक्राउ गरेको छ ।

वि.सं २०७४ असार १ गते पाँचथरको हिलिहाङ गाउँपालिका–४ की आठ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोग लागेका ती अभियुक्तलाई इलाका प्रहरी कार्यालय तेल्लोक ताप्लेजुङको सहयोगमा पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

उनलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको र नाम सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

यस्तै सवारी ज्यान मुद्दामा एक वर्ष ११ महिना १५ दिन कैद र रु चार हजार जरिवाना तोकिएका जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ का नेत्रसिं दमाईलाई समेत पक्राउ गरेको छ । उनीमाथि ट्र्याक्टरले ठक्कर दिई वृद्धलाई गम्भीर घाइते बनाएको र घाइतेको उपचारका क्रममा मृत्यु भएको अभियोग लागेको छ ।

यस्तै प्रहरीले बहुविवाह मुद्दामा एक वर्ष कैद सजाय तोकिएका जिल्लाको फिदिम नगरपालिका–९ का थिरमाया थेगिम, कुटपिट मुद्दामा तीन महिना कैद सजाय तोकिएका फिदिम–५ का धनसिंह भनिने चन्द्रकुमार राई र चोरी मुद्दामा तीन दिन कैद सजाय तोकिएका जिल्लाको कुम्मायक गाउँपालिका–५ का उत्तम भण्डारीलाई समेत पक्राउ गरेको छ ।

सम्बन्धित समाचार

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ मंसिर ५, ११: २०

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ मंसिर ५, ११: २०

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...

प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
  • २०७७ मंसिर ५, ११: २०

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका...