
सप्तरी–सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए ।
पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेएका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।
“नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलबाट आएर गाउँमा मृत अवस्थामा हात्ती भेटिएको हो”, “हात्तीको शरीरले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ ।”
उनले हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै करेन्टकै कारण मरेको हुनसक्ने बताए ।
घटनास्थलमा आरक्षका सहायक वार्डेन सन्तोष भगतका अनुसार, मृत हात्तीलाई कानूनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने सहायक वार्डेन भगतले बताएका छन् ।
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...
काठमाडौं : महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव...
रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज...