सीपमूलक तालिम सञ्चालन गर्न सम्झौता – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

सीपमूलक तालिम सञ्चालन गर्न सम्झौता

मोरङ–प्रदेश नं १ सरकारअन्तर्गतको मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सीपमूलक तालिम तथा स्रोत केन्द्र सञ्चालनका लागि सोमबार यहाँ सम्झौता गरिएको छ ।

विश्वविद्यालय अन्तर्गतको विराटनगर महानगरपालिका–१४ स्थित विराट साइन्स क्याम्पसको भवनमा विभिन्न सीपमूलक तालिम सञ्चालन गर्न पाँच वर्षका लागि सम्झौता भएको छ ।

सामाजिक विकासमन्त्री तथा मनमोहन प्राविधिक विश्वविद्यालयका सहकुलपति जीवन घिमिरे, बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी, विश्वविद्यालयका प्रमुख सुवासश्री पोखरेल, करुणा फाउण्डेशनका सहनिर्देशक योगेन्द्र गिरीलगायतको उपस्थितिमा सम्झौता गरिएको हो ।

सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको सहकार्यमा अपाङ्गता पुनःस्थापना सम्बन्धी विभिन्न सीपमूलक तालिम र विश्वविद्यालयका सीपमूलक तालिम सञ्चालनका लागि आगामी २०८२ भदौ मसान्तसम्मका लागि सम्झौता गरिएको विश्वविद्यालयका प्रशासन प्रमुख मदन प्रधानले जानकारी दिए ।

सम्झौतामा विराट साइन्स क्याम्पसको भवनमा तालिम तथा स्रोत केन्द्र सञ्चालनका लागि आवश्यक मर्मतकार्यका लागि करुणा फाउण्डेशनले रु ५० लाख खर्च गर्ने भएको छ ।

विराट साइन्स क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई गत भदौ ४ गते हस्तान्तरण गरिएको थियो । विराट साइन्स क्याम्पसका अध्यक्ष भूराज राईले करिब रु ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख पोखरेललाई हस्तान्तरण गरेका थिए ।

सामाजिक विकासमन्त्री घिमिरेले मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न करिब एक वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीपमूलक तालिम तथा स्रोत केन्द्र सञ्चालन गर्न लागेको बताए ।सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतका तालिम विराट साइन्स क्याम्पसको भवनबाट शुरु गरिने जानकारी दिए ।

सम्बन्धित समाचार

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ मंसिर ९, १३: २७

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ मंसिर ९, १३: २७

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...

प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
  • २०७७ मंसिर ९, १३: २७

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका...