सुनकोशीको फोक्सिङ्टारमा स्थायी बेलिब्रिज जडान शुरु – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

सुनकोशीको फोक्सिङ्टारमा स्थायी बेलिब्रिज जडान शुरु

खोटाङ–सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङ्टारमा पुनः अस्थायी बेलिब्रिज जडानको काम शुरु गरिएको छ ।

दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको सिमाना फोक्सिङ्टारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडानको काम शुरु गरिएको हो ।

फोक्सिङ्टारमा यही मङ्सिर तेस्रो साताभित्र यातायात पुनः सञ्चालन गर्ने गरी अस्थायी बेलिब्रिज जडानको काम भइरहेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इञ्जिनीयर गोपाल खकुरेलले बताए । इञ्जिनीयर खकुरेलका अनुसार बेलिब्रिज पुनः जडानका लागि दशँैतिहार अघि नै ठेक्का प्रक्रिया टुङ्ग्याइएकाले तिहारलगत्तै ठेकेदार कम्पनीले जडानको काम थालेको हो ।

बेलिब्रिज जडान र खोल्नका लागि चालु आर्थिक वर्ष कार्यालयले रु ८४ लाख लागत मूल्यमा रेग्मी निर्माण सेवा गाईघाटलाई ठेक्का दिएको छ । बेलिब्रिज खोलेसँगै खोटाङ र उदयपुरको गाडी कोशीवारिको वारि नै र पारिको पारि नै रोकिएका छन् ।

दिक्तेलबाट फोक्सिङ्टार पुगेका यात्रुलाई रसुवाघाटस्थित झोलुङ्गे पुल तर्नुपर्ने या डुङ्गाको सहारा लिएर वारपार गर्नुपर्ने बाध्यता छ । हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङटारमा विगत छ वर्षअघिदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाइ भएको अस्थायी बेलिब्रिज सञ्चालन गर्ने गरिएको छ ।

फोक्सिङटारमा अस्थायी बेलिब्रिज राख्ने र झिक्ने क्रममा वार्षिक रु ८० लाखको हाराहारीमा राज्यकोषको रकम खर्च हुँदै आएको छ । पूर्वी शहरबाट भित्रिने सिमेन्ट, रड, जस्तापाता, इँटालगायतका निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु सोही मार्ग भएर जिल्लाका लागि ढुवानी गर्ने गरिएको छ ।

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङ्टारमा पक्की पुल निर्माणको काम थालिए पनि अहिलेसम्म सम्पन्न भएको छैन । निर्माण सम्पन्न गर्ने समय सकिँदा पनि ठेकेदार कम्पनीको लापरवाहीले फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको पिलर मात्र तयार भएको छ ।

सम्बन्धित समाचार

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ मंसिर ११, १०: ५९

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै
आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै
  • २०७७ मंसिर ११, १०: ५९

काठमाडौँ । कालिगढ तथा श्रमिकले आज भगवान् विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन...

आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना
आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना
  • २०७७ मंसिर ११, १०: ५९

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम...