दुधौली नगरपालिकामा ठूली एकादशीमा सार्वजनिक बिदा – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

दुधौली नगरपालिकामा ठूली एकादशीमा सार्वजनिक बिदा

सिन्धुली–दुधौली नगरपालिकाले ठूली एकादशीमा सार्वजनिक बिदा दिएको छ । यस दिन दुधौली नगरपालिकामा बसोबास गर्ने दनुवार समुदायले धुमधामका साथ एकादशी पर्व मनाउने भएकाले नगरपालिकाले स्थानीय बिदा दिएको हो ।

नगरपालिकामा ठूलो सङ्ख्यामा बसोबास गर्ने दनुवार समुदायले यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरेको हुँदा नगरपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको नगरपालिकाका प्रमुख घनश्याम राउतले जानकारी दिए ।

जिल्लाका दनुवार समुदायले विगत केही वर्षदेखि बरकी एकादशी पर्व खुल्ला कार्यक्रमको आयोजना गरी भव्यरूपमा मनाउँदै आए पनि यस वर्ष कोभिड–१९ का कारण आ–आफ्नो घरमा सुरक्षित तरिकाले मनाउने निर्णय भएको दनुवार जागरण समिति सिन्धुलीले जनाएको छ ।

कोभिडका कारण नेपाल सरकारले भेला, समारोह, खुला मञ्चमा कार्यक्रम गर्न रोक लगाएकाले यस वर्षको बरकी एकादशी पर्वको कार्यक्रम आ–आफ्नो घरमा मात्रै सीमित राखेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सुरक्षितसँग मनाउने निर्णय भएको दनुवार जागरण समिति सिन्धुलीका अध्यक्ष नारायण अधिकारी दनुवारले बताए ।

सम्बन्धित समाचार

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ मंसिर ११, ११: १६

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै
आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै
  • २०७७ मंसिर ११, ११: १६

काठमाडौँ । कालिगढ तथा श्रमिकले आज भगवान् विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन...

आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना
आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना
  • २०७७ मंसिर ११, ११: १६

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम...