सिन्धुपाल्चोकको जोखिमयुक्त बस्तीहरूमा भौगर्भिक अध्ययन हुँदै – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

सिन्धुपाल्चोकको जोखिमयुक्त बस्तीहरूमा भौगर्भिक अध्ययन हुँदै

सिन्धुपाल्चोक–सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लामा जोखिमयुक्त बस्तीहरूको भौगर्भिक अध्ययन हुने भएको छ । शुरुमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरूले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने जिल्ला आयोजना कार्यन्वयन एकाइ (भवन) सिन्धुपाल्चोकका प्रमुख इन्जिनीयर सन्तोष निरौलाले जानकारी दिए ।

गत साउन ३० गते ३९ जनाको ज्यान जानेगरी पहिरो गएको जुगल गाउँपालिकाको लिदी र सो स्थानबाट अस्थायी स्थानान्तरण गरिएको जुगल गाउँपालिकाकै बाँसखर्क लगायतका स्थानहरूको पहिलो चरणमा विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञसहितको टोलीले आजदेखि काम शुरु गर्न लागेको बताए ।

सिन्धुपाल्चोकमा यस वर्ष लगातारको विपत्तिपछि सभामुख अग्निप्रसाद सापकोटाले जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी आवश्यक पहल लिने विषयमा समन्वय गरेका थिए । सङ्घ र जिल्लामा फरकफरक बैठककको आयोजना गरी सिन्धुपाल्चोकमा भौगर्भिक अध्ययन र विस्थापित बस्तीको पुनःनिर्माणका लागि लगातार पहल गरेका थिए ।

सिन्धुपाल्चोकको भौगर्भिक अध्ययन गर्न जाने टोलीले शुरुमा जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीलगायत सँग चौतारामा छलफल गर्ने र त्यसपछि जुगल गाउँपालिकामा बैठक गर्ने बताइएको छ । जिल्लाको पहिरोग्रस्त क्षेत्र बाह्रविसेको खागदल, जम्बु र नागपुजे, भोटेकोशी र मेलम्ची क्षेत्रको समेत क्रमशः अध्ययन हुने बताइएको छ । रासस

सम्बन्धित समाचार

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ मंसिर १२, १०: ५९

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...

सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
  • २०७७ मंसिर १२, १०: ५९

काठमाडौं : महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव...

सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
  • २०७७ मंसिर १२, १०: ५९

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज...