विचार विमर्शका लागि अन्तर्राष्ट्रिय वेबिनार आयोजना – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

विचार विमर्शका लागि अन्तर्राष्ट्रिय वेबिनार आयोजना

लण्डन–लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भुमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनको अन्तर्राष्ट्रिय चुनौति’का विषयमा विचार विमर्शका लागि अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरेको छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान विश्वको त्रासदीका रूपमा रहेको एवं विश्वव्यापी सङ्कटका रूपमा रहेको कोभिड–१९ सङ्क्रमणले नेपाल जस्तो अविकसित तथा भूपरिवेष्टित राष्ट्रलाई सबैभन्दा बढी प्रभावित पारेको र यससँग जुध्न अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य जरुरी रहेको बताएको दूतावासले जनाएको छ ।

स्वास्थ तथा कूटनीतिक क्षेत्रमा कार्यरत विभिन्न देशका विज्ञहरू सहभागी रहेको उक्त कार्यक्रममा जर्मनीको बर्लिनमा रहेको प्रयोगात्मक विज्ञानका लागि युरोप विश्वविद्यालयका रेक्टर प्रा मौटिट्स भ्यान रुइजेनले स्वास्थ्यको विश्वव्यापीकरणमा विश्वविद्यालयहरूले खेल्ने भूमिका र कोभिड महामारीले विश्वव्यापीकरणलाई पारेको प्रभावबारे प्रकाश पारेका थिए ।

साथै एङ्गलिया विश्वविद्यालयका पूर्व प्राध्यापक रिचार्ड हार्वेले कोभिड महामारीका कारण विश्वमा हालसम्मकै सबैभन्दा ठूलो कूटनीतिक चुनौती र वैज्ञानिकहरू बीचको सहयोग तथा सहकार्य एवं विज्ञान कूटनीतिको प्रभावकारीता सम्बन्धमा विचार राखेका थिए ।

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको सभापतित्व सम्पन्न कार्यक्रममा अल्वानियाका राष्ट्रपतिका राजनीतिक सल्लाहकार ह्यारिस वोङ्गलीले कोभिड सङ्क्रमणका सन्दर्भमा अल्वानियाको अनुभव र महामारीमा विकासशील देशहरूले भोग्नुपर्ने समस्याहरूको बारेमा, अल्बाबटेईन सांस्कृतिक प्रतिष्ठान कुवेतका महासचिव तथा ट्युनिसियाको परराष्ट्र मन्त्रालयका सचिव प्राध्यापक तोहामी अब्दुलीले कूटनीति र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको बारे र ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयका प्राध्यापक टिटुस ओलानीले दिगो तथा नवीकरणीय ऊर्जा विकासका विषयमा आफ्नो प्रस्तुति दिनुभएको उपनियोग प्रमुख रोशन खनालले बताए ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ मंसिर १२, ११: ११

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ मंसिर १२, ११: ११

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ मंसिर १२, ११: ११

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...