पुष्पलाल राजमार्ग कास्की खण्डमा कालोपत्रे शुरु – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

पुष्पलाल राजमार्ग कास्की खण्डमा कालोपत्रे शुरु

Men hard working on asphalting road with shovels

कास्की–राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल(मध्य पहाडी) राजमार्ग आयोजनाको कास्की खण्डमा कालोपत्रे शुरु गरिएको छ । कास्की खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ हेमजाको याम्दीदेखि माछापुच्छ«े गाउँपालिका–७ को घट्टेखोला खण्डमा निर्माण कम्पनीले सुइखेतबाट कालोपत्रेको काम आरम्भ गरेको छ ।

मध्यपहाडी राजमार्ग साविकको पोखरा–बागलुङ राजमार्ग हुँदै जाने भएपछि दुई लेनको पिच सडक भत्काएर विस्तार शुरु गरिएपछि बर्खामा हिलो र हिउँदमा धुलोको समस्याबाट आजित बनेका हेमजावासी कालोपत्रेको काम शुरु भएसँगै खुशी भएका छन् ।

कालोपत्रे गर्न थालेपछि हेमजावासी, माछापुच्छ«े गाउँपालिका र अन्नपूर्णका नागरिकसहित राजमार्ग भएर यात्रा गर्ने साविकको धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

कास्की खण्डअन्तर्गतको साढे ३७ किलोमिटर सडक तीन खण्डमा विभाजन गरी बोलपत्र आह्वान भएर रु दुई अर्ब ९३ करोड ६६ लाख लागतमा ठेक्का सम्झौता गरिएको थियो ।

याम्दीदेखि घट्टेखोलासम्मको १२ किमी सडकमा अहिले ‘अस्फाल्ट’ कङ्क्रिट प्रविधिबाट सडक कालोपत्रे गर्न शुरु गरिएको पुष्पलाल(मध्यपहाडी)राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिीनयर अनन्त बरालले बताए । हाल सुइखेतबाट कालोपत्रेको काम अघि बढाइएको छ ।

“यस खण्डमा विभिन्न कारणले काममा ढिलाइ हुँदा धेरै जनगुनासा आएका थिए । हामीले शनिबारदेखि सडक कालोपत्रे गर्न शुरु गरेपछि विस्तारै गुनासा कम हुँदै जानेछ । यही आर्थिक वर्षभित्रमा काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेका छौँ ।”

सुइखेत क्षेत्रबाट अस्फाल्ट कालोपत्रेको काम शुरु भएसँगै तल्लो क्षेत्रमा सडक समथर बनाउन(बेस बिछ्याउने)काम समेत समानान्तररूपमा काम भइरहेको इञ्जिनीयर बरालले बताए ।

यस आयोजनाको काम गत भदौ समान्तभित्रमै सम्पन्न हुनुपर्ने हो तर निर्माण कम्पनीको ढिलासुस्ती तथा खानेपानी र बिजुलीका पोल स्थानान्तरणलगायतका प्राविधिक समस्याले आयोजनामा ढिलाइ भएको बताइन्छ ।

निर्धारित समयभित्रमा यस खण्डमा काम नसकिएपछि निर्माण कम्पनीले म्याद थपका लागि सडक विभागसमक्ष आग्रह गरेको बताइन्छ ।

याम्दीदेखि सुइखेतसम्म स्वच्छन्द इलाइट जेभीले रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुइखेतबाट घट्टेखोलासम्म शर्मा एण्ड कम्पनीले रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा कामको जिम्मा पाएका थिए । तीन वर्षमा सम्पन्न गर्ने गरी विसं २०७४ मा यस खण्डको निर्माण सम्झौता भएको थियो ।

यसैगरी घट्टेखोलाबाट कास्की पर्वत सीमा नयाँपुलसम्मको २५ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्सनसँग रु ९६ करोड ७४ लाख ११ हजार १०७ ठेक्का सम्झौता गरिएको थियो । यस खण्डमा भने सबै काम सकिएको र सडक हस्तान्तरण गर्न मात्र बाँकी रहेको मध्यपहाडी राजमार्ग आयोजनाले जनाएको छ ।

राजमार्ग छ लेन (३० मिटर) चौडाइ तथा तीन मिटरको डिभाइडर(मेडियन) तथा दायाँ बायाँ दुई÷दुई मिटरको नाला निर्माण हुनेछ । पहाडी भूगोलका कारण घट्टेखोलाबाट नयाँपुलसम्म भने दुई लेनको हुनेछ ।

याम्दीबाट घट्टेखोलासम्मको कामको जिम्मा पाएको निर्माण कम्पनी स्वच्छन्द इलाइट जेभीका निर्देशक राजु रानाभाटले विविधि कारणले काममा ढिलाइ भए पनि अब कालोपत्रेको काम निरन्तर अघि बढ्ने बताए ।

दैनिक २०० देखि २५० मिटर हाराहारीमा अस्फाल्ट कालोपत्रे भइरहेको छ । “केही दिनपछि मौसमले काम १०÷१५ दिन रोकियो भने रोकिएला नत्र हामी निरन्तर काम गर्छौं र चैत महिनाभित्रमा सम्पन्न गर्छौं ।” आयोजनामा हाल दैनिक २०० मजदुरले काम गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।

सरकारले मध्यपहाडी लोकमार्गको काम विसं २०६५÷०६६ देखि शुरु गरेको हो । नेपाल–भारत सीमा पाँचथरको चियो भञ्ज्याङबाट शुरु भई पश्चिम पहाडी जिल्ला बैतडीको झुलाघाट (महाकाली नदी) सम्म गएर टुङ्गिने यस राजमार्ग एक हजार ८७९ किलोमिटर लामो छ ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ मंसिर १५, ११: ३०

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ मंसिर १५, ११: ३०

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ मंसिर १५, ११: ३०

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...