काठमाडौंको मैतीदेवीबाट सालकको खपटासहित दुई जना पक्राउ – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

काठमाडौंको मैतीदेवीबाट सालकको खपटासहित दुई जना पक्राउ

काठमाडौं–प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका–२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा२ज ६५७ नंको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले सालकको खपटा ओसारपसार गरेको अभियोगमा सिन्धुपाल्चोकका ३२ वर्षीय राम मिजार र सोही जिल्लाका २७ वर्षीय नवराज मिजारलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले नवराज मिजारले बोकेको कालो झोलामा रहेको ४.४५ ग्राम खपटासमेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ मंसिर १६, ११: २१

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...

सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
  • २०७७ मंसिर १६, ११: २१

काठमाडौं : महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव...

सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
  • २०७७ मंसिर १६, ११: २१

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज...