
काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा अपाङ्गगता भएका दिदीबहिनी तथा दाजुभाइहरूले पुर्याएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गरेको उल्लेख गरे ।
अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसर शुभकामना दिँदै उनले मुलुकको जनसङ्ख्यामा उल्लेख्य सङ्ख्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ भन्ने कांग्रेसको धारणा रहँदै आएको बताए ।
कांग्रेसको नेतृत्वमा निर्माण भएको नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरूलाई राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिएको बताउँदै सभापति देउवाले उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि कांग्रेस सदैव क्रियाशील रहिरहने उल्लेख गरे ।
सभापति देउवाले अपाङ्गता भएका व्यक्तिहरूमा अन्तरनिहित क्षमता, दक्षता, सीप, योग्यता मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमा सदुपयोग गर्न सकियोस् भन्दै अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शुभ–कामना व्यक्त गरे ।
संयुक्त राष्ट्र सङ्घले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रियरूपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।
काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...
गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बुढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ...
काठमाडौं : रसुवास्थित भोटेकोशीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको...