प्रदेश १ मा एलवीसी प्रविधिबाट निःशुल्क पाठेघर परीक्षण – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

प्रदेश १ मा एलवीसी प्रविधिबाट निःशुल्क पाठेघर परीक्षण

विराटनगर–प्रदेश नं १ मा जिल्ला अस्पतालबाट पहिलो पटक पाठेघरको निःशुल्क परीक्षण सेवा शुरु भएको छ । सो सेवा धनकुटाको जिल्ला अस्पतालबाट शुरु भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. जयवेन्द्र यादवले बताए ।

सेवा शुरु भएकै दिन सात महिलाको नमूना सङ्कलन गरिएको र एलवीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने जानकारी दिए ।

पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवाको बुधबार उद्घाटन कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मानिसको जीवनशैलीका कारण क्यान्सर रोगका बिरामी बढ्दै गएको बताए ।

उनले पुरुषको तुलनामा महिला बढी क्यान्सरबाट पीडित हुने गरेको भन्दै क्यान्सर रोग न्यूनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए ।

जिल्लास्तरबाट सेवा शुरु भएको जानकारी स्थानीयस्तरसम्म पुर्याउन जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्दै मन्त्री घिमिरेले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रुपमा रुपान्तरण गर्ने प्रदेश सरकारले योजना रहेको बताउनुभयो ।

चालु आर्थिक वर्षभित्रमा धनकुटा जिल्ला अस्पतालाई १०० शय्यासहितको अस्पतालमा स्तरोन्नति गरिने मन्त्री घिमिरे जानकारी दिए ।

सम्बन्धित समाचार

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
  • २०७७ मंसिर १८, १२: ३९

काठमाडौं : सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४...

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
  • २०७७ मंसिर १८, १२: ३९

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी...

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
  • २०७७ मंसिर १८, १२: ३९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार...