बैतडीको महाकाली राजमार्गमा ट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

बैतडीको महाकाली राजमार्गमा ट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु

बैतडी–महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । मृतक अन्य दुईको पहिचान हुन सकेको छैन । उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको हो ।

गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गए राति सवा १० बजे दुर्घटनामा परेको हो । ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ । ट्रकमा सवार तीनै जनाको मृत्यु भएकाले दुुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकहरूको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । 

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
  • २०७७ मंसिर २२, १२: २६

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही...

विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
  • २०७७ मंसिर २२, १२: २६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त...

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता
  • २०७७ मंसिर २२, १२: २६

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेशमन्त्री आदमले...