जङ्गली जनावरले अन्नबाली नष्ट गरेपछि निकुञ्जको राहत वितरण – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

जङ्गली जनावरले अन्नबाली नष्ट गरेपछि निकुञ्जको राहत वितरण

रसुवा । अन्न बालीको क्षतिपूर्तिवापत लाङटाङ राष्ट्रिय निकुञ्जले प्रदान गरेको राहत रकम सार्वजनिक भएको छ । किसानको खेतबारीमा पसी वन्यजन्तुले अन्न बाली नोक्सान पुर्याएवापत चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १३९ जनालाई राहतवापत रकम वितरण गरिएको हो ।

क्षतिको मूल्याङ्कनका आधारमा बढीमा रु १० हजारसम्म राहत दिने कानूनी मापदण्डानुसार रु १० लाख ४६ हजार ८३५ वितरण भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने स्थानीय बासिन्दाले आफ्नो खेतीमा लगाएको अन्न बाली बर्सेनि जङ्गली भालु तथा बँदेलले क्षति पुर्याइरहेको अवस्थामा सरकारले प्रदान गरेको सानो सहयोगले पनि ग्रामीणवासीलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् ।

यसैगरी चालु आवको यस अवधिमा भालु तथा चितुवाको आक्रमणबाट घाइते भएका चारमध्ये तीन जनालाई उपचार खर्च प्रदान गरिएको छ । भालुले तीन र चितुवाले एक जनालाई घाइते बनाएको निकुञ्जका वन प्राविधिक रेञ्जरले बताए ।

वन्यजन्तुको आक्रमणमा पर्ने निकुञ्जवासीबाहेक अन्य क्षेत्रका व्यक्तिलाई उपचार खर्च दिने प्रावधान नभएका कारण तीन स्थानीयवासीलाई खर्च प्रदान गरिएको हो । वन्यजन्तुको आक्रमणबाट घाइतेलाई सरकारी अस्पतालमा उपचार गराउँदा लाग्ने खर्च प्रदान गर्ने प्रावधान रहेको छ ।

भालुको आक्रमणमा पर्ने एक जना भने निकुञ्ज क्षेत्र बाहिरबाट घुम्न आएका व्यक्ति भएकाले उपचार खर्च उपलब्ध गराउन नसकिएको निकुञ्जले जनाएको छ ।

यस्तै चालु आवको साउनदेखि माघ मसान्तसम्म एक हजार १२१ नेपाली र ७३ विदेशी पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् ।

भ्रमणका लागि निकुञ्ज प्रवेश गरेवापत पर्यटक शुल्क रु आठ लाख ७९ हजार राजश्व सङ्कलन भएको निकुञ्ज प्रशासनले जनाएको छ । खर्चतर्फ भने गत साउनदेखि माघ महिनाभर सात महिनाको अवधिमा तलबभत्तालगायत विविध शीर्षकमा रु चार करोड ४४ लाख ९६२ खर्च भएको बताइएको छ ।

समय–समयमा वर्षा नहुँदा बढ्दै गएको सुक्खायामका कारण हालसम्म निकुञ्जका चार स्थानका जङ्गल डढेलोको चपेटामा परेको निकुञ्जका नायबसुब्बा रमेश गौडले बताए । रासस

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ फाल्गुन ११, १२: ५५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ फाल्गुन ११, १२: ५५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ फाल्गुन ११, १२: ५५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...