सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी – Naya Bikalpa
November 13, 2026, Friday      Epaper

सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी

नयाँ विकल्प
सोलुखुम्बु–योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले बताए ।

सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकडिङसहित भवनसमेत जलेर नष्ट भएको जनाइएको छ ।

आगलागीबाट रु १ करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन ।

नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी, रेडियोका कर्मचारी, प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाही, प्रहरी नायब उपरीक्षक दिनेश शर्मा, वडाध्यक्षलगायतको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।

वि.सं २०६१ मा स्थापना भएको सोलु एफएम हाल एक हजार वाट क्षमतामा प्रसारण भइरहेको छ । रेडियोको सामग्री सबै जलेर नष्ट भएको हुँदा नियमित प्रसारणमा केही समय लाग्न सक्ने समितिले जनाएको छ । –रासस

सम्बन्धित समाचार

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना
  • २०७७ फाल्गुन १७, १३: १९

काठमाडौं : देशमा पश्चिमी वायुको प्रभाव बिस्तारै बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा वर्षा...

भारतीय राजदूत दलेलाको दुई मन्त्रीसँग भेट, पर्यटन र पूर्वाधार सहकार्यबारे छलफल
भारतीय राजदूत दलेलाको दुई मन्त्रीसँग भेट, पर्यटन र पूर्वाधार सहकार्यबारे छलफल
  • २०७७ फाल्गुन १७, १३: १९

काठमाडौँ : नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शुक्रबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकप्रसाद पौडेल र...

छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा
छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा
  • २०७७ फाल्गुन १७, १३: १९

काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै...