कर्मचारीमा काममा अल्छीपना नहोस् भन्दै कार्यालयमै स्वास्थ्य परीक्षण – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

कर्मचारीमा काममा अल्छीपना नहोस् भन्दै कार्यालयमै स्वास्थ्य परीक्षण

डोटी–कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य जाँच गर्ने अभियान शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य जाँच गर्न थालिएको हो ।

सरकारी तथा गैरसरकारी कर्मचारीमा काममा अल्छीपना, मोटोपना नहोस् र स्वास्थ्य परीक्षणमा सबैले ध्यान दिऊन् भन्ने हेतुले उक्त अभियानको शुरुआत गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए ।

उता सुदूरपश्चिम प्रदेश सरकारले पनि ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ भन्ने अभियान शुरुआत गरेसँगै यहाँका सरकारी कार्यालयमा गएर कर्मचारीको स्वास्थ्य परीक्षण अभियान शुरुआत गरिएको हो ।

उक्त अभियानअन्तर्गत पहिलो दिन बिहीबार प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलगायत जिल्ला प्रशासन कार्यालयका सबै कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कर्मचारीको स्वास्थ्य परीक्षणअन्तर्गत उच्च रक्तचाप, मोटोपना, बिएमआई, मधुमेहको मात्रा, कोलेस्ट्रोल, केटिनाइनलगायतका रोगको परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक सूर्य विष्टले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले सञ्चालन गरेको कर्मचारीको स्वास्थ्य जाँच अभियान फाइदाजनक रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । कर्मचारीको स्वास्थ्य जाँच अभियानको शुरुआतले प्रत्येक व्यक्ति स्वस्थ हुनुपर्छ, सक्रिय हुनुपर्छ, खानपिनमा पनि ध्यान दिनुपर्छ भन्ने सन्देश दिने गरेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।

स्वास्थ्य परीक्षण टोलीमा ल्याबका कर्मचारी, नसर्ने रोगसम्बन्धी तालिमप्राप्त स्वास्थ्यकर्मी सहभागी हुने गरेका छन् ।

पहिलो चरणअन्तर्गत जिल्लास्थित सरकारी कार्यालय र दिपायलमा रहेका सङ्घ तथा प्रदेश सरकार मातहतका कार्यालयमा कार्यरत कर्मचारीको स्वास्थ्य परीक्षण गरिन थालिएको छ ।

यसैगरी आगामी दिनमा जिल्लाका ९वटै स्थानीय तहका स्वास्थ्य शाखाको समन्वयमा जिल्लाव्यापी बनाउने योजना रहेको जिल्ला स्वास्थ्य प्रमुख मलासीले बताए । रासस

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७७ चैत्र ६, १२: ३८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७७ चैत्र ६, १२: ३८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ चैत्र ६, १२: ३८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...