
नयाँ विकल्प,
काठमाडौं,
नेपाली कांग्रेसको विदेश विभागका सदस्य सचिव तथा गिरीजा प्रसाद कोईराला फाउण्डेसनका पूर्वकार्यकारी निर्देशक तथा महानायक राजेश हमालका भाई राकेश हमालको निधन भएको छ ।
सफल कुटनीतिज्ञ चुडाबहादुर हमालका कान्छा छोरा राकेश हमाल समाजसेवा क्षेत्रका सफल व्यक्तित्व थिए । उनको बुधबार नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको थियो । भाई राकेशको निधन भएको राजेश हमालले फेसवुकमार्फत जनाएका छन् ।

रंगकर्मका कारण दाजु राजेश हमाल चर्चामा आएपछि उनको योग्यता र योगदान छायाँमा परेको थियो ।
समाजसेवा र कुटनीति दुवै क्षेत्रमा अब्बल मानिएका सालीन व्यक्तित्व राकेशको निधनप्रति जीपी फाउण्डेसनकी अध्यक्ष तथा कांग्रेस नेतृ सुजाता कोइरालाले दुख व्यक्त गरेकी छन् ।

राकेशको कलेजोमा समस्या देखिएपछि केही दिनअघि मात्र प्लेन चार्टर गरेर नयाँदिल्लीस्थित ह्याम्स अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा भारतमा निधन भएको थियो ।
करिव १० वर्षपहिले मातृ शोकमा परेका राजेश हमाल अहिले आएर पुन भ्रातृ शोकमा परेका हुन् । राजेश हमामल भाई राकेशसँगै लैनचौर कपुरधारामा बस्दै आएका थिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...