पोखरा । भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वालाले पृथ्वीराजमार्ग विस्तारको कामलाई निरीक्षण गरेका छन् । मुग्लिन–पोखरा जोड्ने यो सडकखण्डमा अहिले २ भागमा विभाजन गरेर सडक विस्तारको काम भइरहेको छ ।
मन्त्रालयका सचिवसहित निर्माणाधीन पुललगायत निरीक्षण गर्दै पोखरा पुगेका ज्वालाले पूर्व खण्डको कामको हालत यस्तो छ भन्ने कल्पनासमेत नगरेको बताए । सन्तोषजनक काम गर्न आग्रह गरे ।
पृथ्वी राजमार्ग विस्तारको काम पूर्वीखण्ड र पश्चिमखण्ड गरी २ खण्डमा बाँडेर सुरु गरिएको थियो । जसमध्ये हालसम्म पूर्वतर्फ ४५ प्रतिशत भौतिक प्रगति भइसकेको छ भने पश्चिमतर्फ जम्मा १४।२ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ ।
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...