टोरन्टो विमानस्थलमा पल्टियो ८० जना सवार डेल्टाको जेट विमान – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

टोरन्टो विमानस्थलमा पल्टियो ८० जना सवार डेल्टाको जेट विमान

काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो । सोमबार अवतरणका क्रममा विमान हिउँमा चिप्लिएर पल्टिएको हो। विमानमा ८० जना सवार थिए। विमान चिप्लिएर पल्टिएर उत्तानो परेको हो।  अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । उक्त विमानमा ८० यात्रु सवार थिए । दुर्घटनामा करिब १५ जना घाइते भएका छन् र तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

 अघिल्लो दिन ओरन्ज एयर एम्बुलेन्सले एक बाल रोगीलाई टोरन्टोको सिककिड्स अस्पताल र दुई घाइते वयस्कलाई शहरका अन्य अस्पतालहरूमा पुर्‍याएको बताएको थियो। अधिकारीहरूले दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताएका छन्। दुर्घटनापछि विमानस्थलका दुई धावनमार्ग बन्द गरिएको छ भने अन्य तीन वटा धावनमार्ग( रनवे )पुनः सञ्चालनमा आएका छन्।

सम्बन्धित समाचार

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०८१ फाल्गुन ६, १३: ३१

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति
  • २०८१ फाल्गुन ६, १३: ३१

काठमाडौं : अमेरिका र इरानबीच जारी तनाव र हालैको युद्ध अन्त्य गर्न एक ऐतिहासिक सहमति भएको छ । अमेरिकी राष्ट्रपति...

उत्तर पूर्वी भारतमा सैन्य विमान दुर्घटना
उत्तर पूर्वी भारतमा सैन्य विमान दुर्घटना
  • २०८१ फाल्गुन ६, १३: ३१

काठमाडौँ  : भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्...