टोरन्टो विमानस्थलमा पल्टियो ८० जना सवार डेल्टाको जेट विमान – Naya Bikalpa
May 14, 2025, Wednesday      Epaper

टोरन्टो विमानस्थलमा पल्टियो ८० जना सवार डेल्टाको जेट विमान

काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो । सोमबार अवतरणका क्रममा विमान हिउँमा चिप्लिएर पल्टिएको हो। विमानमा ८० जना सवार थिए। विमान चिप्लिएर पल्टिएर उत्तानो परेको हो।  अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । उक्त विमानमा ८० यात्रु सवार थिए । दुर्घटनामा करिब १५ जना घाइते भएका छन् र तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

 अघिल्लो दिन ओरन्ज एयर एम्बुलेन्सले एक बाल रोगीलाई टोरन्टोको सिककिड्स अस्पताल र दुई घाइते वयस्कलाई शहरका अन्य अस्पतालहरूमा पुर्‍याएको बताएको थियो। अधिकारीहरूले दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताएका छन्। दुर्घटनापछि विमानस्थलका दुई धावनमार्ग बन्द गरिएको छ भने अन्य तीन वटा धावनमार्ग( रनवे )पुनः सञ्चालनमा आएका छन्।

सम्बन्धित समाचार

ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध
ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध
  • २०८१ फाल्गुन ६, १३: ३१

काठमाडौँ : अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको प्रतिबन्ध सिरियाको नयाँ सरकारसँग...

पाकिस्तानको आतंकविरुद्ध भारतीय प्रधानमन्त्रीको कडा वक्तव्य
पाकिस्तानको आतंकविरुद्ध भारतीय प्रधानमन्त्रीको कडा वक्तव्य
  • २०८१ फाल्गुन ६, १३: ३१

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै पाकिस्तानमा पलाउँदै आएको आतंकवाद विरुद्ध कठोर सन्देश दिएका छन्। ‘अपरेशन...

भारतमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु
भारतमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु
  • २०८१ फाल्गुन ६, १३: ३१

काठमाडौंः भारतको मध्य राज्य छत्तीसगढमा ट्रकसँग गाडी ठोक्किँदा नौ महिला र एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।...