कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेराउ गर्ने – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेराउ गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको मनोमानी र ज्यादती बिरुद्ध कवाड व्यवसायीले महानगर घेर्ने चेतावनी दिएका छन् ।

कवाड व्यवसायी समाज नेपालले आज काठमाडौं रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो । समाजका अध्यक्ष रामकेवल गुप्ताले व्यवसायीमाथि भइरहेको ज्यादतीको विरुद्धमा महानगर घेर्ने बताए ।

डेढ वर्षदेखि आफूहरुले आन्दोलन गर्दा पनि नशाको धुनमा सुतिरहेका महानगरका मेयर शाहले समस्याको कुनै समाधान नै नखोजेको उनले बताए । नगरप्रहरीको दमनकै कारण मेयर बालेनको दुर्गति सुरु भइसकेको उनले बताए ।

उनले कवाड व्यवसायीमाथि महानगरपालिकाद्धारा भईरहेको ज्यादती तत्काल रोक्न माग गरेका छन् । कवाड व्यवसायी समाजले आफूहरुमाथि महानगरले गरिरहेको ज्यादती रोकेर सहज ढंगले व्यवसाय गर्ने वातावरण निर्माण गरिदिन आग्रह गरेको छ । आफूहरुमाथि भइरहेको ज्यादती नरोकिएको खण्डमा थप संघर्षका कदमहरु अगाडि बढाउने उनीहरुको चेतावनी छ ।

महानगरले कवाड व्यवासायीहरुको व्यवसायस्थलमा डोजर आतंक मच्चाएको, तोडफोड गरेको, साईकल र समान जफत गरेको उनीहरुको आरोप छ । उनीहरुले आफूहरुको जिउ, धनको रक्षाका लागि सरोकारवालाहरुको पनि ध्यानाकार्षण गराएका छन् ।

पत्रकार सम्मेलनमा आम जनता पार्टी (आजपा)का उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले काठमाडौं महानगरले शक्ति केन्द्र र सिण्डिकेटधारी व्यवसायीको आडमा आम सर्वसाधारणले गरिरहेको पेशा व्यवसाय खोस्ने काम गरिरहेको बताए । अब कडाव व्यवसायीले पनि आफ्नो सुरक्षाका लागि दस्ता अगाडि सार्ने उनले चेतावनी दिए ।

आईटी आर्मीका सचिव आर्या पाण्डेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह साईकल चोर भएको टिप्पणी गरेका छन् । पाण्डेले मधेस सरकार नयाँ साईकल चोर हो भने काठमाडौंका मेयर बालेन शाह पुरानो साईकल चोर भएको आरोप लगाए ।

‘तपाई (बालेन) रोजगार दिनसक्नुहुन्न भने तपाईलाई रोजगार खोस्ने अधिकार कसले दियो । तपाई त केपी ओलीको बाटोमा हिडिराख्नुभएको छ । मधेस सरकार नयाँ साईकल चोर हो भने तपाई त गुण्डागदी शैलीमा बाटोमा हिडनेको पुरानो साईकल चोर्दै हिडिराख्नुभएको छ’, पाण्डेले भने, ‘कवाड व्यवसायीको साईकल जबरजस्ती चोरी गर्ने तपाई (बालेन) महाचोर हो ।’

संघर्ष समितिका नेता ओमप्रकाश सिंह, जोगेन्द्र साह, मनोहर जैसवाल, सुरेश साह, सरोज श्रेष्ठ, गोपाल जैसवाल, उपेन्द्र साह, रविशंकर जैसवाल, कृष्ण यादव, श्याम यादव, आर्या पाण्डेलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८१ चैत्र ११, १७: १६

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८१ चैत्र ११, १७: १६

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८१ चैत्र ११, १७: १६

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...