अमेरिकामा राष्ट्रपति ट्रम्प विरुद्ध प्रदर्शन – Naya Bikalpa
November 7, 2025, Friday      Epaper

अमेरिकामा राष्ट्रपति ट्रम्प विरुद्ध प्रदर्शन

काठमाडौं ।अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र डोज (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी) प्रमुख इलन मस्कविरूद्ध प्रदर्शन भएको छ।शनिबार अमेरिकाको ५० वटै राज्यमा ट्रम्प र मस्कविरूद्ध त्यहाँका नागरिकहरू सडकमा निस्किएर प्रदर्शन गरेका हुन्।
ट्रम्पले दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हालेको तीन महिना नहुँदै अमेरिकामा उनीविरूद्ध नागरिकहरू सडकमा निस्किएका हुन्।

यद्यपि उनको कार्यशैली र निर्णयका विषयमा सुरूवातदेखि नै चर्को आलोचना भएसँगै यी प्रदर्शनहरु निस्किएको बताइएको छ ।सिएनएनका अनुसार शनिबार अमेरिकाका १ हजार ४ सय स्थानमा ट्रम्प र मस्कविरूद्ध प्रदर्शन भएको थियो।
अर्बपतिहरूको सत्ता कब्जा रोक्न, जनताका सेवामा कटौती बन्द गर्न र आप्रवासी र अन्य समुदायमाथिको आक्रमण रोक्नुपर्ने प्रर्दशनकारीहरुले माग गरेका छन् ।
प्रदर्शनकारीहले ‘ह्यान्ड्स अफ’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

सम्बन्धित समाचार

भियतनाममा भीषण बाढीमा परी ३५ जनाको मृत्यू
भियतनाममा भीषण बाढीमा परी ३५ जनाको मृत्यू
  • २०८१ चैत्र २४, १३: ५०

काठमाडौं।भियतनाममा अविरलको भारी वर्षा र बाढीका कारण भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।अन्य पाँच जना अझै बेपत्ता छन्...

सीमानामा भिडन्त हुँदा २३ पाकिस्तानी र ९ अफगानी सेना मारिए
सीमानामा भिडन्त हुँदा २३ पाकिस्तानी र ९ अफगानी सेना मारिए
  • २०८१ चैत्र २४, १३: ५०

काठमाडौं।पाकिस्तानी र अफगानी सेनाबीच सीमाना भएको गोली हानाहानमा दर्जनौं सेना मारिएका छन्।शनिबार राति सीमावर्ती खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र...

हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् विपिन जोशी
हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् विपिन जोशी
  • २०८१ चैत्र २४, १३: ५०

काठमाडौँ । इजरायलले गाजामा युद्धविराम लागू गर्ने र बन्धकहरूलाई रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ ।हमासले मुक्त गराउन लागेको २०...