
काठमाडौं : भारतको कास्मिरको पहलगामस्थित बैसारन उपत्यकामा भारतीय पर्यटकमाथि भएको हमलामा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
टाइम्स अफ इन्डियाका अनुसार उक्त हमला पहलगामबाट ५ किलोमिटर टाढा बैसारन उपत्यकामा भएको बताइएको छ । जम्मू र कास्मिर प्रहरीका निरीक्षक महानिर्देशक विदीकुमार बिर्डीले बीबीसी हिन्दीलाई बताएअनुसार हमला भएको क्षेत्रसम्म प्रहरी अझै पुग्न सकेको छैन ।
यो हमलाबारे अहिलेसम्म कुनै समूहले पनि जिम्मा लिएको छैन ।
भारतको गुजरातबाट आएका एक प्रत्यक्षदर्शी पर्यटकले बताए अनुसार अचानक भएको हमलापछि आतंक मच्चिएको थियो ।
हमलापछि साउदी अरबको यात्रा छोट्याएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार राति नै स्वेदेश फर्किएको टाइम्स अफ इन्डियाले जनाएको छ । पूर्वनिर्धारित समयअनुसार उनी बुधबार रातिमात्र फर्किने योजना थियो ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...