काठमाडौं ।गाजापट्टीमा बिहीबार भएका इजरायली हवाई आक्रमणमा कम्तीमा २९ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।
गाजाको नागरिक सुरक्षा विभागका अनुसार, जबालिया शरणार्थी शिविरमा भएको एक आक्रमणमा १० प्रहरी अधिकृतको पनि ज्यान गएको हो ।
यस आक्रमणमा केही व्यक्तिहरू घाइते भएका छन् र केही घरहरूमा क्षति पुगेको छ । घाइतेहरूलाई गाजा सहरको अल–शिफा अस्पताल लगिएको छ । उद्धारकर्मीहरूले आवश्यक उपकरणको अभावमा उद्धार कार्य गर्न गाह्रो भइरहेको बताएका छन् ।
इजरायली सेनाले उक्त स्थान हमास र इस्लामिक जिहाद समूहको कमान्ड केन्द्र भएको दाबी गरेको छ। सेनाले आक्रमण गर्दा सर्वसाधारणलाई क्षति नपुगोस् भनेर सावधानी अपनाएको जनाएको छ ।
अन्य हवाई आक्रमणहरू गाजा सहर, खान युनिस र देइर अल–बालाह क्षेत्रमा पनि भएको जनाइएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, मार्च १८ पछि सुरु भएका आक्रमणहरूमा हालसम्म एक हजार ९७८ प्यालेस्टिनीको मृत्यु भइसकेको छ । अक्टोबर सन् २०२३ देखि हालसम्मको कुल मृत्यु संख्या ५१ हजार ३५५ पुगेको छ ।
काठमाडौं।भियतनाममा अविरलको भारी वर्षा र बाढीका कारण भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।अन्य पाँच जना अझै बेपत्ता छन्...
काठमाडौं।पाकिस्तानी र अफगानी सेनाबीच सीमाना भएको गोली हानाहानमा दर्जनौं सेना मारिएका छन्।शनिबार राति सीमावर्ती खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र...
काठमाडौँ । इजरायलले गाजामा युद्धविराम लागू गर्ने र बन्धकहरूलाई रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ ।हमासले मुक्त गराउन लागेको २०...