काठमाडौं ।गाजापट्टीमा बिहीबार भएका इजरायली हवाई आक्रमणमा कम्तीमा २९ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।
गाजाको नागरिक सुरक्षा विभागका अनुसार, जबालिया शरणार्थी शिविरमा भएको एक आक्रमणमा १० प्रहरी अधिकृतको पनि ज्यान गएको हो ।
यस आक्रमणमा केही व्यक्तिहरू घाइते भएका छन् र केही घरहरूमा क्षति पुगेको छ । घाइतेहरूलाई गाजा सहरको अल–शिफा अस्पताल लगिएको छ । उद्धारकर्मीहरूले आवश्यक उपकरणको अभावमा उद्धार कार्य गर्न गाह्रो भइरहेको बताएका छन् ।
इजरायली सेनाले उक्त स्थान हमास र इस्लामिक जिहाद समूहको कमान्ड केन्द्र भएको दाबी गरेको छ। सेनाले आक्रमण गर्दा सर्वसाधारणलाई क्षति नपुगोस् भनेर सावधानी अपनाएको जनाएको छ ।
अन्य हवाई आक्रमणहरू गाजा सहर, खान युनिस र देइर अल–बालाह क्षेत्रमा पनि भएको जनाइएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, मार्च १८ पछि सुरु भएका आक्रमणहरूमा हालसम्म एक हजार ९७८ प्यालेस्टिनीको मृत्यु भइसकेको छ । अक्टोबर सन् २०२३ देखि हालसम्मको कुल मृत्यु संख्या ५१ हजार ३५५ पुगेको छ ।
काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावका बीच कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार...
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन ९स्मार्ट हुन० र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग पूरा गर्न चेतावनी दिएका...
काठमाडौँ। इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुईवटा रेल एकापसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु भएको छ । ८४ जना घाइते...