जनमैत्री अस्पताल तत्काल संचालन गर्न महानगरका वडाअध्यक्षको माग – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

जनमैत्री अस्पताल तत्काल संचालन गर्न महानगरका वडाअध्यक्षको माग

नयाँ विकल्प,
काठमाडौं – राजधानीको बालाजुस्थित जनमैत्री अस्पताल तत्काल संचालन गरी सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाको १६ वडाका अध्यक्ष मुकुन्द रिजालले माग गरेका छन् ।

महानगरको सबैभन्दा ठूलो वडाको रुपमा चिनिएको १६ नम्वर वडा कार्यालयले शुक्रबार जनमैत्री अस्पताललाई पत्राचार गर्दै तत्काल अस्पताल संचालन गरी सेवा प्रदान गर्न माग गरेको हो ।

‘बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस कोभिड –१९ संक्रमणको जटिल परिस्थितिमा नेपाल समेत जोखिममा परेको हालका दिनहरुमा काठमाडौँ उपत्यका र काठमाडौँ महानगरपालिका वडा न १६ भित्र समेत कोरोना संक्रमण बढ्दै गएकाले तत्काल अस्पताल खोलियोस’, पत्रमा भनिएको छ ।

संक्रमण बढ्दै जादाँ संक्रमितहरुका लागि स्वास्थ्य सेवा उपलब्ध गराउन समेत कठिन हुने सम्भावना रहेको जटिल परिस्थितिमा १६ नंम्वर वडामा रहेको जनमैत्री अस्पताल तत्काल खोलेर आमजनता लाई सुविधा दिन माग गरिएको छ ।

वडाध्यक्ष रिजालले तत्काल अस्पताल संचालन गरी कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्युनिकरण, नियन्त्रण तथा व्यवस्थापनमा सहजीकरण गर्न माग गरेका छन् ।

अस्पताल संचालन गर्ने क्रममा कुनै पनि समस्या उत्पन्न भएमा काठमाडौँ महानगरपालिका, वडा न १६ वडा कार्यालयबाट आवश्यक सहयोग उपलब्ध हुने वडा अध्यक्ष मुकुन्द रिजालले बताए ।

सम्बन्धित समाचार

बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
  • २०७७ श्रावण ३०, १८: २९

काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...

बल्खुमा चल्यो डोजर
बल्खुमा चल्यो डोजर
  • २०७७ श्रावण ३०, १८: २९

काठमाडौँ : सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । अहिले...

नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • २०७७ श्रावण ३०, १८: २९

काठमाडौं । आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ...