
एजेन्सी : भारत प्रशासित जम्मु कश्मिरमा विस्फोट भएको छ । शुक्रबार राति जम्मु हवाई अड्डामा विस्फोटको खबर सार्वजनिक भएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार, जम्मु शहरको गुज्जर नगर पुलमा रहेका एक व्यक्तिले जम्मु हवाई अड्डाको आकाशमा १६ वटा वस्तुहरू खसिरहेको देखेका छन् । उक्त घटनापछि बजारहरू तुरुन्तै बन्द गरिएका छन् ।
बीबीसी र एएफपी समाचार संस्थाहरूका अनुसार, हवाई अड्डामा एकभन्दा बढी विस्फोट भएका छन् । विस्फोटपछि साइरनहरू बज्न थालेका छन् र सम्पूर्ण शहरमा विद्युत् आपूर्ति रोकिएको छ ।
जम्मु र कठुआ अहिले पूर्ण रुपमा ब्ल्याकआउटमा रहेका छन् । सुरक्षालाई ध्यानमा राख्दै भारतीय सेनाले जम्मुमा डिफेन्स सिस्टम सक्रिय पारेको जनाएको छ ।
स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू उच्च सतर्कतामा रहेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख ३...
कास्की : पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक...
काठमाडौंः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई अस्थिरता र बारम्बार हुने विद्रोहबाट जोगाउन निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् ।...