एजेन्सी : भारत प्रशासित जम्मु कश्मिरमा विस्फोट भएको छ । शुक्रबार राति जम्मु हवाई अड्डामा विस्फोटको खबर सार्वजनिक भएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार, जम्मु शहरको गुज्जर नगर पुलमा रहेका एक व्यक्तिले जम्मु हवाई अड्डाको आकाशमा १६ वटा वस्तुहरू खसिरहेको देखेका छन् । उक्त घटनापछि बजारहरू तुरुन्तै बन्द गरिएका छन् ।
बीबीसी र एएफपी समाचार संस्थाहरूका अनुसार, हवाई अड्डामा एकभन्दा बढी विस्फोट भएका छन् । विस्फोटपछि साइरनहरू बज्न थालेका छन् र सम्पूर्ण शहरमा विद्युत् आपूर्ति रोकिएको छ ।
जम्मु र कठुआ अहिले पूर्ण रुपमा ब्ल्याकआउटमा रहेका छन् । सुरक्षालाई ध्यानमा राख्दै भारतीय सेनाले जम्मुमा डिफेन्स सिस्टम सक्रिय पारेको जनाएको छ ।
स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू उच्च सतर्कतामा रहेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...
काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...
काठमाडौं : गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताएका छन् । अनुसन्धानकर्ता प्रहरी र...