अमेरिका र चीनबीच व्यापार सम्झौता – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

अमेरिका र चीनबीच व्यापार सम्झौता


एजेन्सी : अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ। ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको हो ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने, ‘मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ- अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका छन् । यस सम्झौताबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी दिइएको छ । यसको विवरण सोमबार जारी गरिनेछ ।’

‘पछिल्ला दुई दिन धेरै रचनात्मक भएका छन् । हामी धेरै चाँडै सहमतिको बिन्दुमा पुग्न सफल भयौँ, जसले हाम्रा मतभेद धेरैले सोचेजस्तो ठूला छैनन् भन्ने देखाउँछ’, अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले भने ।

उनले भने, ‘अमेरिका हाल १२०० अर्ब डलरको व्यापार घाटामा छ । यही कारणले गर्दा अमेरिकाका राष्ट्रपतिले शुल्क लगाउने घोषणा गरेका थिए ।’

सम्बन्धित समाचार

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
  • २०८२ बैशाख २९, ०७: ३९

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयलाई नियमबमोजिम प्रदान गरिएका छात्रवृत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ...

भतभेद छाडेर मिल्नु नै अबको विकल्प
भतभेद छाडेर मिल्नु नै अबको विकल्प
  • २०८२ बैशाख २९, ०७: ३९

काठमाडौं । पछिल्लो समय विकसित आन्तरिक मतभेदका कारण नेपालको सबैभन्दा पुरानो र लोकतन्त्रको पर्यायवाची मानिने दल नेपाली कांग्रेसमा यतिबेला इतिहासकै...

नयाँ वर्षको सन्देशमा पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी- ‘देश प्रयोगशाला जस्तो बन्यो’
नयाँ वर्षको सन्देशमा पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी- ‘देश प्रयोगशाला जस्तो बन्यो’
  • २०८२ बैशाख २९, ०७: ३९

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै पछिल्लो समय देश विभिन्न राजनीतिक प्रयोगको थलो...