फेरी पनि मलकै हाहाकार – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

फेरी पनि मलकै हाहाकार

कृषि प्रधान मुलुक नेपालमा यतिबेला खासगरी पहाडी भेगका किसानहरु मकै खेतीका लागि खेतबारीमा व्यस्त छन् । राम्रो उत्पादनका लागि मकैमायुरिया, डीएपी र पोटास मल राख्नुआवश्यक हुन्छ । तर खेती गर्ने बेलामा किसानहरुले मल पाउन सकेका छैनन् । सरकारले चालु आवका लागि २७ अर्ब ९५ करोड बराबर बजेट रासायनिक मल खरिद गर्न छुट्याएको छ । हालम्म वार्षिक लक्ष्य अनुसार नै ५ लाख ५० हजार टन मलको टेन्डर भइसकेको छ भने आधाभन्दा बढी मल नेपाल आइसकेको मन्त्रालयले दाबी गरेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ को साढे ९ महिनासम्म २ लाख ८१ हजार टन मल आयात गरेको छ । सरकारले कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी मार्फत मल खरिद गर्दै आएको हो । चालु आव वैशाखको तेस्रो सातासम्म २ लाख ८१ हजार २ सय ८२ टन मल आयात भएको हो । कृषि सामग्री र साल्ट ट्रेडिङले गरी युरिया १ लाख७४ हजार ४ सय ७४ टन आपूर्ति भएको छ ।दुवै कम्पनीले गरी डीएपी ९१ हजार ५ सय ४२ टन आयात भएको छ । पोटास १५ हजार २ सय ६५ टन आएको हो । युरिया, डीएपी र पोटास गरी कृषि सामग्रीले २ लाख ४४ हजार ३ सय ७३ टन ल्याएको छ भने साल्ट टे«डिङले ३६ हजार ९ सय ८ टन ल्याएको हो ।कृषि मन्त्रालयले यस्तो विवरण सार्वजनिक गरेको भएता पनि मलको हाहाकार हरेक वर्ष उस्तै हुने गरेको छ ।

उता कृषि मन्त्रालयले मलको हाहाकार नभई वितरण प्रणालीमा समस्या आएको भन्दै प्रष्टिकरण दिएको छ । मन्त्रालयका अधिकारीहरुको भनाईलाई नै सहि मानौं ल । अनि वितरण प्रणालीमा भएका समस्या हटाएर किसानलाई समयमै मल उपलब्ध गराउने काम कृषि मन्त्रालयको होइन त ? मन्त्रालयका अधिकारीहरु वितरण प्रणालीमा समस्या छ भनेर रमिता हेरेर बस्न मिल्छ ?खेती गर्ने बेला समस्याको सुनुवाई गरेजस्तो गर्ने सरकारी अधिकारीहरु त्यसपछि कानमा तेल हालेर बस्ने गरेका छन् ।जसले गर्दा हरेक वर्ष मलको अभाव सिर्जना भइहाल्छ । कतिसम्म भने सरकारी अधिकारीहरु स्वदेशमै मल कारखाना खोल्नेसम्मको कुरा गर्न पनि पछि पर्दैनन् । कृषि उत्पादन बृद्धिका लागि समयमा किसानलाई सहुलियत दरमा मल बीउ उपलब्ध गराउनु सरकारको दायित्व हो ।

सम्बन्धित समाचार

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने
क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने
  • २०८२ बैशाख २९, १५: ०९

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के...

फेरी पक्राउ परे पूर्व दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल
फेरी पक्राउ परे पूर्व दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल
  • २०८२ बैशाख २९, १५: ०९

काठमाडौं।दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई फेरि पक्राउ गरिएको छ।उनलाई गएको वर्ष गरिएको असफल सैनिक शासन प्रयासका कारण पक्राउ...

कुलपति ओलीसमक्ष त्रिविका उपकुलपति अर्यालको शपथ
कुलपति ओलीसमक्ष त्रिविका उपकुलपति अर्यालको शपथ
  • २०८२ बैशाख २९, १५: ०९

काठमाडौँ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले बुधबार पद तथा गोपनीयताको...