ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध


काठमाडौँ : अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको प्रतिबन्ध सिरियाको नयाँ सरकारसँग सम्बन्ध सामान्य बनाउन र शान्ति स्थापनाको मौका दिनका लागि प्रतिबन्ध हटाउने बताएका हुन् ।

उनले नयाँ सरकारसँग अमेरिकाले मिलेर काम गर्ने पनि बताइको छ । उनी बुधबार सिरियाका राष्ट्रपति अहमद अल-शारासँग भेटवार्ता गर्दै छन् । शाराले अघिल्लो वर्ष राष्ट्रपति बसर अल असदलाई पदच्युत गराउँदै सत्ता सम्हालेका थिए ।

ट्रम्पले प्रतिबन्ध हटाउने जस साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र टर्कीएका राष्ट्रपति रेचेप तैयप एर्दोगानलाई दिन पनि बिर्सिएनन् । यी दुई नेताको आग्रहमा आफूले सुलहको प्रस्ताव गरेको ट्रम्पको भनाइ छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८२ बैशाख ३१, ०८: ०८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८२ बैशाख ३१, ०८: ०८

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८२ बैशाख ३१, ०८: ०८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...