काठमाडौं । सेयर बजारको नेप्से परिसूचक आज बिहीबार ९.०८ अंकले घटेको छ । नेप्से परिसूचक ०.३४ प्रतिशतले घटेर २६५५.३८ विन्दुमा बन्द भएको छ ।कारोबार रकम भने बढेको छ । १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत बुधबार नौ अर्ब ९० करोड ७० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । बिहीबार ९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छैन । बिहीबार ३११ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ८९५ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये फाइनान्स, हाइड्रो, होटल तथा पर्यटन र म्युचुअल फण्ड समूह बाहेक अन्य सबै समूह घटेको छ ।
दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...
मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...
महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...