नेप्से परिसूचक आज बिहीबार ९.०८ अंकले घटे – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

नेप्से परिसूचक आज बिहीबार ९.०८ अंकले घटे

काठमाडौं । सेयर बजारको नेप्से परिसूचक  आज बिहीबार ९.०८ अंकले घटेको छ । नेप्से परिसूचक ०.३४ प्रतिशतले घटेर २६५५.३८ विन्दुमा बन्द भएको छ ।कारोबार रकम भने बढेको छ । १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत बुधबार नौ अर्ब ९० करोड ७० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।  बिहीबार ९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छैन । बिहीबार ३११ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ८९५ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये फाइनान्स, हाइड्रो, होटल तथा पर्यटन र म्युचुअल फण्ड समूह बाहेक अन्य सबै समूह घटेको छ ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८२ जेष्ठ २९, १६: ३०

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८२ जेष्ठ २९, १६: ३०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८२ जेष्ठ २९, १६: ३०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...