काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य भएको थाई विमानस्थल प्राधिकरणले जनाएको छ ।
लन्डन जाने एयर इन्डियाको यात्रु जेट भारतको अहमदाबाद सहरमा दुर्घटना भएको एक दिनपछि यो घटना आएको हो । अहमादाबाद विमान दुर्घटनामा कम्तीमा दुई सय ६५ जनाको मृत्यु भएको थियो ।
थाइल्यान्डको विमानस्थलले फुकेटका लागि आफ्नो फेसबुक पेजमा एयरबस ए ३२० का पाइलटले एयर ट्राफिक कन्ट्रोललाई बमको धम्कीको सन्देश विमानमा फेला परेको रेडियो प्रसारण गरेको बताए ।
फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ ले फुकेट उडानले उडान भरेको लगत्तै अन्डमान सागरमाथि यू–टर्न लिँदै त्यसपछि अवतरण गर्नुअघि टापुको तटबाट धेरै पटक परिक्रमा गरेको देखाएको छ ।
दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...
मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...
महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...