
पर्सा : पर्साको वीरगन्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै बिहीबार साँझदेखि लागू हुने गरी उक्त आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेबाट शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा लागू रहनेछ । यस अवधिमा तोकिएका क्षेत्रभित्र पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।
निषेधाज्ञा वीरगन्ज महानगरपालिकाको पूर्वमा प्रतिमा चोक हुँदै बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा लागू गरिएको प्रशासनले जनाएको छ ।
स्थानीय प्रशासनले सर्वसाधारणलाई आदेशको पालना गर्न आग्रह गर्दै सुरक्षा संवेदनशीलता कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ ।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक,...
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण नीतिगत प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै...
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी...