इरानी उच्च अधिकारी, सैनिक कमाण्डरदेखि वैज्ञानिक सम्म मारिए – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

इरानी उच्च अधिकारी, सैनिक कमाण्डरदेखि वैज्ञानिक सम्म मारिए


काठमाडौं ।
शुक्रबार बिहानै इजरायलले इरानमा आक्रमण गर्यो । इजरायली सैन्य तथा आणविक केन्द्र र आणविक वैज्ञानिक तथा सैन्य नेतृत्व लक्षित गरेर आक्रमण गरिएको विश्व मिडियाले उल्लेख गरेका छन् ।इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार इजरायली आक्रमणमा इरानका उच्चपदस्थ सैनिक र आणविक विज्ञहरूको मृत्यु भएको पुष्टि भएको छ । यस घटनाले क्षेत्रीय तनावलाई चरम सीमातर्फ धकेलेको बताइएको छ ।

मृत्यु हुनेमा हुसैन सलामी– इस्लामिक रिभोलुशनरी गार्ड्सका प्रमुख , गोलामअली राशिद– खातम अल अनबिया केन्द्रीय कमान्ड मुख्यालयकाफरेयदुन अब्बासी– इरानको अणु उर्जा संस्थाका पूर्व प्रमुख तथा आणविक वैज्ञानिक,मोहम्मद महदी तेहरान्ची– आणविक हतियार कार्यक्रममा संलग्न अर्का वरिष्ठ वैज्ञानिक र मोहम्मद बाघेरी– इरानी सशस्त्र सेनाका प्रमुख रहेको विविसीले जनाएको छ ।

सम्बन्धित समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
  • २०८२ जेष्ठ ३०, १७: २८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...

धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
  • २०८२ जेष्ठ ३०, १७: २८

काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
  • २०८२ जेष्ठ ३०, १७: २८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...