
काठमाडौं । शुक्रबार बिहानै इजरायलले इरानमा आक्रमण गर्यो । इजरायली सैन्य तथा आणविक केन्द्र र आणविक वैज्ञानिक तथा सैन्य नेतृत्व लक्षित गरेर आक्रमण गरिएको विश्व मिडियाले उल्लेख गरेका छन् ।इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार इजरायली आक्रमणमा इरानका उच्चपदस्थ सैनिक र आणविक विज्ञहरूको मृत्यु भएको पुष्टि भएको छ । यस घटनाले क्षेत्रीय तनावलाई चरम सीमातर्फ धकेलेको बताइएको छ ।
मृत्यु हुनेमा हुसैन सलामी– इस्लामिक रिभोलुशनरी गार्ड्सका प्रमुख , गोलामअली राशिद– खातम अल अनबिया केन्द्रीय कमान्ड मुख्यालयकाफरेयदुन अब्बासी– इरानको अणु उर्जा संस्थाका पूर्व प्रमुख तथा आणविक वैज्ञानिक,मोहम्मद महदी तेहरान्ची– आणविक हतियार कार्यक्रममा संलग्न अर्का वरिष्ठ वैज्ञानिक र मोहम्मद बाघेरी– इरानी सशस्त्र सेनाका प्रमुख रहेको विविसीले जनाएको छ ।
काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...
काठमाडौँ । नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...
काठमाडौं : सरकारले ९ वटा विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले...