इजरायली आक्रमणबाट इरानमा मर्नेको सँख्या ६०६ पुग्यो – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

इजरायली आक्रमणबाट इरानमा मर्नेको सँख्या ६०६ पुग्यो

काठमाडौं। इरानका स्वास्थ्य मन्त्री मोहम्मद रजा जफरगनीले १३ जुनदेखि १२ दिनसम्म चलेको इजरायली आक्रमणमा ६०६ जनाको मृत्यु भएको बताएका छन् ।

इरानी स्वास्थ्य मन्त्रीका अनुसार, इजरायली आक्रमणहरूमा पाँच हजारभन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूको उपचार चलिरहेको बीबीसीले जनाएको छ ।
तर, द्वन्द्वको निगरानी गर्ने मानव अधिकार समूह, ‘ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान’ले मृत्यु हुनेहरूको संख्या आधिकारिक तथ्यांकभन्दा लगभग दोब्बर रहेको बताएको छ । यो संस्थाले अहिले सम्म ९७४ जनाको मृत्यु भएको जनाएको छ ।
इरानी स्वास्थ्य मन्त्रीले इरानमा पछिल्लो २४ घण्टामा सबैभन्दा भीषण आक्रमणहरू भएका र त्यसमा १०७ जनाको मृत्यु भएको बताए ।

इरानी अधिकारीहरू र सरकारी टेलिभिजनले बताएअनुसार ११ दिनको द्वन्द्व समाप्त गर्ने युद्धविराम लागु हुनुभन्दा केही घण्टाअघि उत्तरी इरानमा भएको रातभरको इजरायली आक्रमणमा एक वरिष्ठ आणविक वैज्ञानिकसहित नौ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

पाकिस्तानमा भारी वर्षाका कारण ११ जनाको मृत्यु
पाकिस्तानमा भारी वर्षाका कारण ११ जनाको मृत्यु
  • २०८२ असार ११, ०८: ३६

पाकिस्तानः पाकिस्तानको लाहोर, पञ्जाब प्रान्तका वरपरका जिल्लाहरू र बलुचिस्तानका केही भागमा भारी मनसुनी वर्षाले कम्तीमा ११ जनाको मृत्यु भएको र...

युक्रेनको राजधानीमा रुसद्धारा आक्रमण गर्दा २ मारिए
युक्रेनको राजधानीमा रुसद्धारा आक्रमण गर्दा २ मारिए
  • २०८२ असार ११, ०८: ३६

काठमाडौं।यूक्रेनको राजधानी किभमाथि रुसले फेरि ड्रोनमार्फत ठूलो आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । अन्य...

फेरी पक्राउ परे पूर्व दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल
फेरी पक्राउ परे पूर्व दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल
  • २०८२ असार ११, ०८: ३६

काठमाडौं।दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई फेरि पक्राउ गरिएको छ।उनलाई गएको वर्ष गरिएको असफल सैनिक शासन प्रयासका कारण पक्राउ...